श्रावण ७ गते २०७६

अस्ताममा अग्निदहन

हेमजा, ७ साउन ।बोक्सी कु–प्रथा बिरुद्घ निर्माण गरिएको सामाजिक शिक्षामूलक चलचित्र ‘अग्निदहन’ माछापुच्छे« गाउँपालिका–६, धिताल स्थित अस्ताममा प्रदर्शन गरिएको छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको उक्त चलचित्र सोमवार राती उक्त स्थानमा प्रदर्शन गरिएको हो ।सो चलचित्रको करिव ६० प्रतिशत छायाङकन अस्ताममै गरिएको थियो।
कार्र्यक्रम बोल्दै प्रमुख अतिथी स्थानीय प्रगतिशील आमा समूहकी अध्यक्ष मालती अधिकारीले अभियानमा सधाउन आमा समूहले भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।सरकारले गर्नुपर्ने काम नागरिक स्तरबाट प्रतिष्ठनाले गरेको भन्दै उनले प्रतिष्ठानको कार्यको प्रशम्सा गरेकी थिइन् ।
तत्कालिन धिताल गाविसका अध्यक्ष नन्दलाल अधिकारीले चलचित्रको संदेशलाई देसैभर लैजानुपर्नेमा जोड दिए ।उनले नेपालको तराई क्षेत्र तथा पहाडका अशिक्षित क्षेत्र छनोट गरी चलचित्र प्रदर्शन गर्न सुझाव पनि दिए ।
कार्यक्रममा तल्लो अस्ताम तथा माथिल्लो अस्तामका गरी करिव दुई सय महिलाको सहभागिता रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा पौडेलले स्वागत तथा संचालन प्रतिष्ठानका सल्लाहकार शोभाकर भण्डारीले गरेका थिए ।