श्रावण १५ गते २०७६

उत्तरकोरियाको क्षेप्यात्र सि अफ जापानमा

साउन १५, एजेन्सी : अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरेपछि उत्तर कोरियाले बुधबार बिहान सि अफ जापानमा दुई वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । सो समाचारको दक्षिण कोरियाले पुष्टि गरेको छ । तर यस विषयमा उत्तर कोरियाले भने केही बताएको छैन ।

जापानका रक्षामन्त्रीले ती क्षेप्यास्त्रहरू आफ्ना भूभागसम्म पुगेको बताएका छन् । गत साता पनि उत्तर कोरियाले दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका थिए । सी अफ जापानमा खस्नुअघि दुवै क्षेप्यास्त्रले ४३० किलोमिटर दूरी पार गरेको थियो ।