श्रावण २३ गते २०७६

भिमाद आउदै गरेको सवारी दुर्घटना

पोखरा, साउन २३ । पाल्पाबाट भिमाद तर्फ आउदै गरेको ना ५ ख ५०३५ नम्वरको बस दुर्घटना भएको छ । दुर्घटनाका कारण बसमा सवार करिव २० जना घाईते भएका छन ।

घाईते मध्ये दुईको अबस्था गभ्भिर भएका कराण पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । सडकमा दौडिरहेको अबस्थामा बसको ब्रेक फेल भएर दुघटना भएको बताइएको छ । अन्य घाईतेको अबस्था सामान्य रहेको बुझिएको छ । बस भिमाद नगरपालिकाको बोसाङ्गमा दुर्घटनाग्रस्त भएको हो । घाईते हुनेमा भिमाद न.पा.६ का मनोज नेपाली, र १ का प्रतिक्षा लम्साल रहेको जनाइएको छ ।