मंसिर २२ गते २०७६

लमजुङको बस दुर्घटना ः एककोमृत्यु, ७ घाइते

मंसिर २२ ।
लमजङको बेसीशहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएको बताइएको छ ।आइतबार विहान करिब ८ बजेतिर लमजुङको पाउँदी नजिकको प्रहरी बिट नजिक रोकेर राखिएको बस पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको परिचय भने खुलेको छैन । उनको शब सुन्दरबजारको कर्मदा अस्पतालमा राखिएको छ ।
बस सडकबाट करिब २०० मिटर तल खसेको छ । दुर्घटनामा परी घाइते भएका ७ जना मध्ये ४ जनालाई उपचारका लागी चितवन लगिएको छ भने एक जनाको कर्मदामा उपचार भइरहेको छ । दुई जना सामन्य घाइते भएको प्रहरीले बताएको छ ।
बसमा १० देखि १२ जना यात्रु रहेको प्रहरीको भनाई छ । बसको इञ्जिन चालु अवस्थामै राखेर चालक र सह–चालक यात्रु खोज्न गएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणले घाइतेको उद्वार गरेका थिए ।