पौष २५ गते २०७६

भिटोफ पोखराको अध्यक्षमा नवराज अधिकारी चयन

8SHARES
संवाददाता  January 10, 2020 
भिटोफ पोखराको अध्यक्षमा नवराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च(नेपाल (भिटोफ) गण्डकी प्रदेशको चिलाउने खर्क होमस्टेमा शुक्रबार सम्मपन्न पाँचौ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशनबाट नवराज अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।अध्यक्षमा नमराज अधिकारी, उपाध्यक्षमा सूर्यनाथ पहारी, सचिवमा माधव पनेरु, कोषाध्यक्षमा शुसिला भण्डारी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा श्याम लामीछाने ,सुजन तिमिल्सीना, हेमराज पहारी, गोमा ढकाल, तथा सन्दिप गिरी चयन हुनुभएको छ ।