चैत्र १३ गते २०७६

नेकपा गण्डकी प्रदेश संसदिय दलका प्रमुख सचेत अधिकारीलाई मातृशोक

लमजुङ ।
नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का केन्दीय सदस्य तथा जिल्ला ईन्चार्ज मायानाथ अधिकारीलाई मातृ शोक परेको छ । उनकोे आमाको उपचारको क्रममा काठमान्डौमा निधन भएको हो । ९७ बर्षे आमा सानुमाया अधिकारी अस्वस्थ्य भएपछि उपचारको क्रममा काठमान्डौ लगिएको थियो । गण्डकी प्रदेशसभामा नेकपाका प्रमुख सचेतक समेत रहेका अधिकारीको आमाको निधन प्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शोक बिज्ञप्ती प्रकाशित गरी दुःख तथा आमा प्रति श्रद्धान्जली ब्यत्त गरेका छन भने परिवारमा समबेदना प्रकट गरेका छन । यसैगरि प्रदेश पार्टी कमिटीका सचिव गोबिन्द्र बहादुर नेपाली, लमजुङ जिल्ला पार्टीका सचिव धनन्जय दवाडीले पनि एक शोक बिज्ञप्ती प्रकाशित गरि मृतक प्रति श्रद्धान्जली र परिवारमा समबेदना प्रकट गरेका छन । अधिकारीको परिवार लमजुङ जिल्लाको दोर्दी गाऊपालिका भारतेमा बस्दै आएको छ ।