असार ६ गते २०७६

बिप्लवको अबको संघर्ष यस्तो

गण्डकी शन्देश, असार ६ ।
दैनिकजसो कार्यकर्ताको हत्या,धरपकड हुन थालेपछि बिप्लव नेतृत्वको नेकपाले संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।
पछिल्लो घटनामा सर्लाही जिल्ला ईन्जार्जको हत्या भएपछि नेकपा आक्रोशित भएको छ । पार्टी महासचिव विप्लवले बिज्ञप्ती जारी गरी संघर्षका कार्यक्रम घोषणा गरेका छन । हत्याको बदला लिने भन्दै आगामी असार १० गते नेपाल बन्दको घोषणा पनि गरिएको छ । कार्यकर्तालाई बिना कारण संकटकालमा जस्तै गरि नियन्त्रणमा लिने र हत्या गर्ने सरकारको रबैयालाई चुनौति दिन संघर्षको बिकल्प नरहेको बिप्लवको बिज्ञप्तीमा उल्लेख । सरकारले दोहोरो भिडन्तमा मारिएको दावि गर्दे आएको छ । प्रहरी तिर भने कुनै पनि घटनामा क्षति वा घाईते नभएकोले भिडन्त भएको भन्ने प्रचार मात्र भएको हुनसक्ने मानिवअधिकारकर्मिहरुको भनाई छ ।
देशभर अदालतबाट रिहा भएका कार्यकर्तालाई समेत प्रहरीले अदालत बाहिर बाट नियन्त्रणमा लिने गरेको छ । बिप्लव निकट बिद्यार्थि संगठनको आह्वानका कारण गण्डकी प्रदेशमा शैक्षिक हडताल भएको छ ।
सङ्घर्षका कार्यक्रमहरु
आसार ७ गते प्रचारप्रसार
असार ८गते कोण सभा तथा घरदैलो
असार ९गते मसाल जुलुस
असार १०गते आमहताल सहित नेपाल बन्द