असार ६ गते २०७६

गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

नवलपरासी(पूर्व) : लागूऔषध सहित ३ जना पक्राउ

मिति २०७६।०३।०५ गते कावासोती नगरपालिका-९चालिस किलो स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको (RSCC) चेकिङ टोलीले चेकजाच गर्ने क्रममा ३ जनालाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङ्टार बस्ने वर्ष २२ को पुर्णमान श्रेष्ठ, नवलपरासीको गैडाकोट नगरपालिका-६ का अन्दाजि वर्ष १८का बिनोद बि.क. र पाचथरको तुम्बेवा गाउँपालिका-१ का वर्ष १८ का कबिर योन्जन रहेका छन् । पक्राउ परेका बिनोद र पुर्णमानबाट गरी जम्मा ५१ थान लागूऔषध साथै योन्जनबाट ४३३ थान लागूऔषध ट्याबलेट फेला पारी प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबैजना उपर थप अनुसन्धान भईरेहको छ ।

नवलपरासी (पूर्व) : सवारी दुर्घटनामा १ जना घाइते

मिति २०७६।०३।०५ गते गैडाकोट नगरपालीका वडा -१, पुर्व–पश्चिम राजमार्ग अन्तर्गत भित्रि सडक खण्डको सिलान्यास चोकमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना १ ह ८५११ नं. को अटो रिक्साले पैदल यात्री पर्वतको कुस्मा नगरपालिका-२ घर भै हाल गैडाकोट नगरपालिका-१ मिलनचोकमा डेरा गरी बस्ने वर्ष-३०कि चन्द्रा कला पुरीलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि भरतपुर पठाईएको, घनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

पर्बत : सवारी दुर्घटनामा १ जना घाइते

मिति २०७६।०३।०५ गते मोदि गाउँपालिका -२ पातिचौर स्थित पोखरा बाग्लुङ सडक खण्डमा पोखरा बाट बाग्लुङ तर्फ आउँदै गरेको ना ५ ख ६३५२ नं. को बस र  बिपरित दिशाबाट जाँदै गरेको ग ९ प ७७३३ नं. को मोटरसाईकल एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालक मोदी गाउँपाललिका-६ बस्ने वर्ष ३५ को कृष्ण बहादुर थापा घाइते भई उपचारको लागि पोखरा पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली बस र चालकलाई नियनत्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।