असार १० गते २०७६
नेपाल बन्दका कारण देशभरको जनजिवन प्रभावित कहाँ के भयो ?
असार १०, पोखरा ।
बिप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दका कारण देशभरको जनविन प्रभावित भएको छ । सरकारी कार्यालय बाहेकका अन्य कार्यालय, सवारीसाधनहरु उद्योगधन्दा सबै बन्द भएका छन । आफ्ना कार्यकर्ताको पक्राउ र हत्या हुन थालेपछि नेकपाले बन्दको आह्वान गरेको हो । अदालतले रिहा गर्ने आदेश दिएपनि प्रहरीले नछोड्ने तथा गोलि हानेर हत्य गर्न थालेपछि शान्तिपुण आन्दोलनको बाटो सरकार आफैले बन्द गरेपछि नेपाल बन्द गर्न परेको नेकपाले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
बिहानै देखि पोखराका विभिन्न स्थानमा बम भेटिएको छ । पोखराको विजयपुरको पुल पारी ओरालोमा प्रेसरकुकर बम फेला परेको हो । बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । त्यसै गरि पोखरा महानगरपाकिला लेखनाथको हमाल चोकमा भटिएको सकेट बम सेनाले डिस्पोज गरेको छ ।
पोखरा ९ नयाँवजारमा पनि शंकास्पद बस्तु भेटिएको छ । सडक छेउमा कालो व्याग राखिएको छ भने त्यहाँ भित्र केही हुनसक्ने भन्दै स्थानियको अनुमान छ ।
त्यसै गरी पोखरा १७ ड्यामसाइडमा बम बिस्फोट भएको छ । नेपाल बन्दका कारण पोखरा र आसपासका सार्वजनीक बस सञ्चालनमा आएका छैनन् ।