पोखरा, असार १३ , माधब पनेरु । नेपालमै पहिलो पटक पोखरामा सिसाको पुल बन्ने भएको छ । बिस्वका केही देशहरुमा सवै प्रकारका सवारी चल्ने खालका सिसाको पुल र्निमाण भैरहेको अबस्थामा पोखरा महानगरपालिकाले सिसाको पुल र्निमाण कार्य आगामी बर्षबाट सुरु गर्ने बताएको छ । भर्खरै सम्पन्न पोखरा महानगरपालिकोको नगरसभाबाट पोखराको डेभिजफल क्षेत्रमा सिसाको पुल बाट पर्यटक तान्न पोखरा महानगरले यस्तो योजना अगाडी सारेको नगरसभा सम्पन्न भएपछि महानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख मान बहादुर जिसि ले जानकारी दिए । ७ अर्ब बराबरको बजेट ल्याएको पोखरा महानगरपालिकाकाले बजेटमा फेवाताल, सिटि बसपार्क तथा सराङ्गकोट क्षेत्रलाई पर्यटकिय रुपमा थप बिकास गर्ने योजनाहरु अगाडी सारेको छ । यसैबिच नेपाली काग्रेस बाट र्निबाचित जनप्रतिनिधिहरुले बजेट बाडफाँडमा चित्त नबुझेको भन्दै बिरोध गरेका थिए । पोखरामा नेकपाको महानगरपालिकामा दुई तिहाई मत छ । उनिहरुले महानगरको गेटमा तालाबन्दी समेत गरेका थिए । मेयरले अन्य बिषयमा मिलेर जान सकिने भन्दै ताला खोल्न आग्रह गरेपछि महानगरको ताला खोलिएको छ ।
भदौ ७, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको जनाएको छ । महाशाखाले न्युन चापीय क्षेत्रको प्रभावका...
Read More
कास्कीको अन्नपुर्ण गाउपालिका ७ मा हनिहन्टीङ्ग महोत्सव हुने भएको छ । अन्नपुर्णको गाऊपालिका स्थित पर्यटकिय क्षेत्र लान्द्रुकमा लान्द्रुक हनिहन्टीङ्ग महोत्सव आयोजना गरिएको महोत्सव आयोजक समितीको संयोजक सुरेश गुरुङ्गले जानकारी...
Read More
नेपाली नारीको महान पर्व हरितालिका तिज नजिकदै गर्दा सृजना मार्ग आमा समुहले दर खाने कार्यक्रम सम्पन्न गरेका छन् । पोखराको नयागाउँ मा रहेको स्याङजा समाज घरमा सम्पन्न कार्यक्रममा सोही...
Read More
२१ चैत, काठमाडौं । नेपालमा पहिलो पटक स्थानीयमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तीन जना नयाँ संक्रमित भेटिएको घोषणा गरेको हो...
Read More