राईनास नगरपालिका ः दुई तिहाईको बलमा अबैधानिक काम गराउन उद्धत
गण्डकी सन्देश सम्वाददाता
राईनास, लमजुङ्ग , असार १३ । लमजुङ्गको राईनास नगरपालिकामा स्थानिय तहमा अनौठो प्रकारको मतपरिणाम आएपछि राजनितिक प्रभावका कारण त्यहाँको बिकासमा समस्या र्सिजना भएको छ । नगरका १० वडामा नेपाली काग्रेसले उप मेयर संगै ८ वडामा बिजयी भएको थियो भने पुर्ब एमाले अर्थात अहिलेको नेकपाको प्रत्यासि मेयर र तत्कालिन माओबादी केन्द्र हालको नेकपाका दुई वडाअध्यक्षले बिजय प्राप्त गरेका थिए । ग्रामिण भेगमा रहेको नेपालको कान्छो नगरपालिका भएका कारण बिकासका थुप्रै पुर्बाधार र्निमाण तथा गुरु योजना बनाउनु पर्ने भएपनि मेयर र कार्यपालिका सदस्यहरुको निरन्तरको लफडाका कारण राईनासको बिकासमा समस्या देखा परेको छ । जनसंख्याको आधारमा पनि करिव गाऊ पालिकाकै हाराहारीमा रहेको राईनास नगरको नेतृत्वको जिम्मा पाएका जनप्रतिनिधिहरु बिचमा सत्ताका् प्रभाव परेका कारण समस्या भएको राईनासका बिज्ञहरुको बुझाई छ । केही स्वतन्त्र ब्यात्तिहरुको भनाईका आधारमा राईनासका जनप्रतिनिधिहरुले बिकासलाई भन्दा पनि राजनितिक प्रतिशोधका कारण नमिलेका हुन । उनिहरुले बिकासको ऐजेण्डा लिएर छलफल तथा बहस गरेको नभेटिने त्यहाँका स्थानियको आरोप छ । अहिलेको नगरसभामा सधाझै कार्यपालिका सदस्यहरुले अस्वीकार गरेका छन । करारका एक जना प्राबिधिक कर्मचारीले स्वतः राजिनामा दिएपनि काग्रेसका जनप्रतिनिधीहरुले पुर्नबहाली गर्नु पर्ने अनौठो माग राखेर नगरसभा प्रभावित पार्ने काम गरेका छन । घरायसी समस्या देखाएर राजिनामा दिएका करारका कर्मचारीलाई पुर्न बहाली गर्नुपर्ने माग आफैमा कति उत्तम होला ? तर यस्ता मसिना कुरा लिएर कार्यपालिका नै प्रभावित पार्ने मात्र नभई बिकासमै अबरोध गर्ने काग्रेसको नियत भएको नेकपाका राईनास कमिटिका अध्यक्ष अबिरल न्यौपानेको भनाई छ । केन्द्रमा कसको सरकार छ र यहाँको नेतृत्वमा को छ भन्ने आँखा बाट मात्र काग्रेसका साथीहरुले हेरिहनु भएको छ , त्यो एकदम गलत छ । नेकपा राईनासका सचिव पुर्ण गरुङ्गले भने । यस्ता कुरामा अल्झिदा जनताले जुन मनसाय राखेर उहाँहरुलाई जिताउनु भएको थियो त्यो पुरा नहुने मात्र नभई जनतामा काग्रेस प्रति निरासा आउने कुरा स्वयं काग्रेस निकटका केही ब्यात्तिहरुको भनाई छ । आफुहरु औपचारीक रुपमा बोल्न नमिल्ने भएपनि सामान्य कर्मचारीको बिषय उठाएर बिरोध गर्नूको सट्टा अन्य बिषयमा छलफल गर्न उपयुत्त हुने नाम उल्लेख नगर्ने सर्तमा काग्रेसका एक शुभचिन्तकले बताए । असार १० गते आयोजना गरिएको नगरसभामा काग्रेस बाट र्निबाचित सदस्यहरु नआएपछि मेयर सिंह बहादुर थापाले अन्य प्रतिनिधिहरु राखेर नगरसभा सञ्चालन गरेका थिए । काग्रेस कम्युनिष्ट भन्ने कुरा र्निबाचनको दिन बाट समाप्त भएर राईनासको बिकासमा एक ढिक्का हुनुपर्नेमा साथीहरुको सामान्य राजनितिक चेत समेत नभएको देख्दा अचम्म लागेको राईनास नगर प्रमुख सिंह बहादुर थापाले बताए । अन्य कुरामा छलफल, बहस गर्न भन्दा किनारा नलाग्ने कुरा बोकेके देख्दा आफु चकित परेको उनको भनाई छ । यस्ता कुराले राईनासबासी लाई ठुलो असर पर्ने र स्वयं उहाँहरु आफैलाई पनि घाटा पर्ने मेयरले स्पष्ट पारे ।
यही माघ दोस्रो साता कास्कीको गगनगौँडामा गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेको पक्की पुल सञ्चालनमा नआउँदै लच्कियो । टेको झिक्नेक्रममा पुल लच्किएको थियो । तर, दुई सय टन भार क्षमता रहेको पुल...
Read More
राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ ९क्यान० अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा...
Read More
८ कात्तिक, काठमाडौं । दसैँंमा पैसाको डिजिटल कारोबार बढाउने विषय हरेक वर्षजसो उठ्ने गर्छ । तर सामान खरिददेखि दक्षिणा दिँदासम्म दसैँको समयमा नोटकै प्रयोग बढी हुने गर्छ ।नोटको सुरक्षाका...
Read More
नेपाल लाइभ्स्ट्क सेक्टर इोभेसन आयोजना बिकेन्दिृकृत आयोजना सहयोग इकाइ पोखराको सहकार्यमा जगत कल्याण दुुग्ध उत्पादन सहकारी संस्था लि.ले सुबिधा सम्पन्न दूूग्ध प्रसोधन केन्द्र संचालनमा ल्यायको छ । बिहिबार सहकारीको...
Read More