असार १६ गते २०७६
पोखरा बिजयपुर पुलमा बेलीब्रिज जोडीदै
पोखरा, असार,१६ ।
पृथ्वीराजमार्ग हुँदै मुख्य पोखरा बजार भित्रिने एकमात्र प्रवेशद्वार विजयपुरमा बेलिब्रिज निर्माणको काम सुरु भएको छ । र्निमाण कम्पनीले पुल र्निमाणमा ण्लिाई गरेपछि केही समय अन्योल भएको थियो । प्रदेश सरकारले ताकेता गरेपछि पुल र्निमाणको काम पुनः सुरु भएको हो । पुल र्निमाणको लागि आवश्यक सामग्री पोखरा आइपुगेको जनाइएको छ ।
यस अघि ६४ सालमा र्निमाण गरिएको पुलको पट्टा चर्किए पछि हेभि गाडीहरु प्रबेशमा रोक लगाइएको थियो । हेभि गाडीको लागि विकल्पमा बेलिब्रिज राख्न काम अघि बढाइएको हो । सडक डिभिजन पोखरामार्फत विजयपुरमा हाल भइरहेको स्टिल ब्रिजको छेउमै बेलिब्रिज हालिने भएको छ ।
बर्खालाई ख्याल गर्दै कम्पनीले तदारुकताका साथ काम गरिरहेको सडक डिभिजनका इन्जिनियर आशिक रिजालले जानकारी दिएका छन बेलिब्रिज अस्थायी प्रकृतिको पुल हो । सडक अन्तर्गत उक्त सामग्री भएकाले सयमसीमा भित्रमा नै विजयपुरमा ल्याई फिटिङ सकिने लक्ष्य छ । २ लेनमा ५० मिटर लम्बाइको बेलिब्रिज निर्माण हुने छ । पुलको भारबहन क्षमता भने १ सय टन हुने डिभिजन कार्यालयले जनाएको छ ।