असार १७ गते २०७६

पोखरा बिमानस्थलको अबरोधक डाँडा कटान

१६, असार ।पोखरामा र्निमाण भैरहेको क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढीरहेको छ । बिमानस्थलको धावन मार्गमा ढलान हुने काम सकिएको छ भने अन्य भवनहरु पनि र्निमाण भैरहेको छ । अन्य देशहरु भन्दा चाईनिजले र्निमाण गुणस्तरीय र छिटो सक्ने उपमा पाईरहेको नेपालको शन्र्दभमा पोखरा बिमानस्थल पनि सोचे अनुरुप अगाडी बढीरहेको तथ्यहरुले देखाएको छ । बिमानस्थलमा रनवेमा असर पार्ने एक मात्र डाँडा कटानको कार्य पनि आरम्भ भएको छ । पोखराको मानिएको रिठ्ठेपानी डाँडा को कटान गर्ने कार्य शुरु गरिएको छ ।
विमानस्थलको रनवे, ट्याक्सी वे, लगायतका भौतिक संरचना निर्माण कार्य सकियतापनि पोखरा अन्तराष्ट्रिय विमानस्थलको अवरोधको रुपमा बानियाँ पाखाको डाँडा रहेको भन्ने हल्ला चलेपछि पोखरेली जनता , स्थानीय बासिन्दा तथा शुभचिन्तकहरुमा आशंका उत्पन्न भएको थियो ।

अबरोध र्सिजना गर्ने रिपोर्ट आएसंगै स्थानियहरुले डाँडा आफै काटेर राष्ट्रिय गौरवको आयोजनालाई सहयोग गरेको पनि बताएका छन ।२२ जना जग्गा धनिहरुको संयुक्त बैठकले पोखराको विकासको लागि डाँडाको आवश्यक कटानको लागि आफुहरुले नै कटान गर्ने निर्णय अनुसार केही दिन देखि डाँडाको माटो कटान कार्य शुरु गरिएको बताइएको छ ।