असार १७ गते २०७६

बाख्रालाई घाँस खुवाउने बकाईनोको अमुल्य फाईदाहरु

बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो । यसबाट स्वस्थ्यका लगि निम्न फाइ्र्रदा लिन सकिन्छ ।

वाथ भएमा: बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।– रगत जमेर गाँठो भएमा : बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।

चिलाउने रोगमा: बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।– सेतो दूबीमा : १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ । – दाद रोगमा: पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।

पत्थरी रोगमा: बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहानरबेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।– जुका परेमा: बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १,१ बिहानरबेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २/४ दिनमै ठीक हुन्छ ।

स्त्रीको मासिक धर्म बढी भएमा: बकाइनोको पातको रस एक चम्चा बिहानरबेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ । – स्त्रीको मासिक धर्म रोकिएमा: बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ । – गर्भाशय शुद्धिका लागि: बकाइनोको पातको रस नित्य १/१ चम्चा बिहानरबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।

(नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।)