असार १७ गते २०७६

समाजबादी पार्टीको गण्डकी कमिटि घोषणा हुदै, अध्यक्षमा रिजाल , मुख्य सचिवमा पुन


पोखरा, असार १७ । पोखरा ।
नयाँ शत्ति नेपाल र संघिय समाजबादी नेपाल पार्टी बिचको एकता पछि गण्डकी प्रदेश कमिटीको घोषणा कार्यक्रम आज पोखरामा हुने भएको छ । १ बजे संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एक कार्यक्रमका बिचमा नयाँ नेतृत्वको घोषणा गर्ने कार्यक्रम तय भएको जनाइएको छ । पार्टी स्रोतका अनुसार गण्डकी प्रदेशमा पुर्ब नयाँ शत्ति पार्टीले नेतृत्व गर्ने र मुख्य सचिवको जिम्मेबारी समाजबादीले लिनेछ । पहाडी क्षेत्रमा पुर्ब नयाँ शत्तिले नै प्राय नेतृत्व गर्ने अबस्था आउन सक्ने स्रोतको भनाई छ ।
समाजबादी पार्टीको गण्डकी प्रदेश अध्यक्षमा मोति रिजाल र मुख्य सचिवमा नविन पुन हुने भएको बताइएको छ । रिजाल पुर्ब नयाँ शत्तिका केन्द्रीय कार्यलय सचिव हुन भने पुन समाजबादी पार्टीका नेता हुन ।