असार १७ गते २०७६
बृहत एकतामा जान्छौ ः बाबुराम
पोखरा, , माधब पनेरु ,असार १७
समाजबादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आफुहरु दुई पार्टी बिच मात्र नभई बृहत पार्टी एकतामा जाने बताउनु भएको छ ।
पोखरामा गण्डकी प्रदेश कमिटि घोषणा कार्यक्रममा सहभागि हुनु भएका डा. भट्टराईले केवल पुर्ब दुई पार्टी बिच मात्र एकता नभई अन्य बैकल्पीक शत्तिहरु बिचमा बृहत एकता गर्दे समावजबादमा जाने बताउनु भएको छ । देशमा पुराना राजनितिक शत्तिहरु काम नलाग्ने भैसकेकाले अब आफुहरुको नेतृत्वमा देशमा संबृद्धि स्थापित हुने र द्धन्द समाप्त हुने उहाँको धारणा थियो ।उहाँले मधेष संग मिल्यो भन्दै केहीले हल्ला गर्दे हिडेको भन्दै मधेषीको हक संरक्षण पनि अहिलेको आबस्यकता भएको बताउनु भयो । हिमाल, पहाड र तराई मिलेर नेपाल र्निमाण भएको र सबैलाई एकतामा ल्याउन सक्ने गरि काम गरिने उहाँको भनाई थियो ।
कार्यक्रममा नयाँ पार्टीको प्रदेश कमिटिका पदाधिकारी र सदस्यहरुलाई सफत ग्रहण गराइएको थियो । समाजबादीको प्रदेश अध्यक्षमा मोति रिजाल मनोनित भएका छन । यसैगरि ५ उपाध्यक्ष, ५ सचिव र एक मुख्य सचिव बनाइएको छ । कार्यक्रममा नयाँशत्ति तर्फका सदस्यहरुको नाम थाती राखेर समाजबादी तर्फका सदस्यहरुको मात्र घोषणा गरेपछि कार्यकर्ताहरुले केही बेर बिरोध जनाएका थिए । आबस्यक तयारी नपुगेका कारण घोषणा गर्न नसकीएको सो अबसरमा जानाकारी गराइएको थियो ।