असार १८ गते २०७६

दिपक मनाङ्गे नेकपा प्रबेश गर्दे

पोखरा, असार १८ ।
प्रदेश सभा सदस्य र्निर्बाचित भएपछि जेल भुत्तान गरेको मनाङ्ग बाट र्निबाचित प्रदेश सभा सदस्य दिपक मनाङ्गे नेकपामा प्रबेश गर्ने भएका छन ।
बिबादित छविका मनाङ्ग(राजिव गूरुङ्ग)लाई तत्कालिन नेकपा एमालेले टिकट दिएपनि सामाजिक सञ्जालमा ब्यापक बिरोध भएपछि स्वतन्त्र रुपमा उमेदवार बनेर र्निबाचित भएका थिए । तत्कालिन एमालेले मनाङ्गलाई चुनावमा समर्थन गरेको थियो । गुण्डागर्दी गर्ने छबि बनाएका मनाङ्गे बिहिबार नेकपा प्रबेश गर्ने स्रोतले बताएको छ । नेकपाको गण्डकी प्रदेश कार्यलयमा एक कार्यक्रमको आयोजना गरि गुरुङ्गलाई पार्टी प्रबेश गराउने कार्यक्रम तय भएको नेकपा स्रोतले जानकारी दिएको छ । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गूरुङ्गले टिका लगाएर पार्टी प्रबेश गराउने बताईएको छ । उनि संगै बिभिन्न राजनितिक दलका कार्यकर्ताहरु पनि बिहिबार पार्टी प्रबेश गर्ने स्रोतले जनाएको छ ।