असार १९ गते २०७६
स्वतन्त्र सांसद गुरुङ्ग नेकपामा प्रबेश, सधै एउटै आँखाले नहेरौ ः मूख्यमन्त्री गुरुङ्ग
पोखरा । असार १९ ।
प्रदेशसभा र्निबाचन निर्वाचनमा मनाङ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दिकक मनाङ्गे) नेकपामा प्रवेश गरेका छन् ।……………….
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पार्टी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखरामा टीका तथा माला लगाइदिएर पार्टी प्रवेश गराएका हुन् । उनि संगै बिप्लव नेकपाका कास्की जिल्ला सचिवालय तथा किसान संघका अध्यक्ष पुष्प के.शी पनि नेकपा प्रबेश गरेका छन ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पार्टीका प्रदेश इन्चार्ज गुरुङले पार्टी प्रवेश गर्नेहरुको लहर आएको बताएका छन् । सरकारका काम कार्वाही र अबको संबृद्धिको संभावना नेकपा बाट नै देख्रन सुरु भएकाले पनि अन्य पार्टीका साथिहरुलाई बिस्वास पलाउदै गएको उहाँको भनाई थियो । उहाँले राजिव गुरुङ्गको नाम संग अब अरु कुनै उपमा जरुरी नभएको र उहाँ अहिले गण्डकी प्रदेशसभा सदस्यको हैसियतले नेकपामा प्रबेश गरेको बताउनु भयो । बिगत तिर होईन अबको यात्रा कतातिर हुन्छ भन्ने कुराको बारेमा सजक रहन उहाँले सहभागिहरुलाई आग्रह गर्नु भयो । यो संगै अब गण्डकी प्रदेशको प्रदेशसभामा नेकपाको २ तिहाई बहुमत पुगेको छ ।
स्वतन्त्र रुपमा मनाङ ‘ख’ बाट निर्वाचित भएर पनि फौजदारी मुद्धामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि सपथ लिन पाएका थिएनन् । उच्च अदालतले दोषी ठहर गरेपनि सर्वोच्च अदालतमा मनाङ्गले पुनरावेदन गरेपनि जेलमा नबसेर मुद्धा लड्ने बाटो उनलाई खुल्ला भएको थियो । त्यसपछि मात्र मनाङ्गेले ९ महिना पश्चात २०७५ माघ २४ गतेसांसदको सपथ लिएका थिए । पार्टी प्रबेश कार्यक्रममा भने राजिव गुरुङ्गले आफ्नो धारणा राखेनन् ।