गण्डकी प्रदेशले ल्यायो आधारभुत खानेपानी कार्यक्रम ,कस्तो कार्यक्रम हो यो? हेर्नुहोस ।
गण्डकी सन्देश सम्वाददाता
पोखरा, साउन ७ । नयाँ अािर्थक बर्षको सुरुवात संगै गण्डकी प्रदेश सरकारले नयाँ कार्यक्रमको सुचना प्रकाशित गरिसकेको छ । अघिल्लो बर्ष कानुन र्निमाणका कामहरु गर्नुपर्ने भएकाले बजेट खर्च गर्न नसकेको सरकारले यो बर्षकै सूरुमा लोकप्रिय कार्यक्रमको सुचना प्रकाशित गरिसकेको छ । यो नयाँ आर्थिक बर्षको पहिलो र महत्वपुर्ण कार्यक्रम हो । आधारभुत खानेपानी पु¥याउने योजनाका साथ एक महिने सुचना प्रकाशित गरि गण्डकी प्रदेशका ११ जिल्लामा रहेका मानिसहरुलाई तथा महत्वपुर्ण खानेपानि कार्यक्रम सञ्चालन गर्ने उद्धेश्यका साथ सुचना प्रकाशित गरिएको छ । बिजुली, खानेपानी र मोटरबाटो तथा पुलहरुमा बजेटको आकार बढाइएको गण्डकी प्रदेशले आफ्ना योजना कार्यन्वयनका लागि तदारुकता देखाउन सुरु गरिसकेको हो । यो कार्यक्रमले छरिएर रहेका साना बस्तीहरुमा खाईरहेका अस्वस्थ खानेपानीलाई स्वस्थ र ब्यबस्थित खानेपानी उपलब्ध गराउने प्रदेश सरकारको लक्ष रहेको भौतिक पुर्वाधार बिकास मन्त्री तथा सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिनु भयो ।
गण्डकीका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहण दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन्...
Read More
पोखरा, भदौ ७ कास्की प्रशासनले जारी गरेको निषेधाज्ञा ५ दिनका लागि थपेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भदौ २ गते मध्यरातिदेखि प्रशासनले जारी गरेको निषेधाज्ञा गरेको थियो ।...
Read More
गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले रक्तदान गरेर बिपद ब्यबस्थापनमा राज्यलाई सहयोग पुर्याउन सकिने बताउनु भएको छ ।पोखरामा मुस्लीम युवा समीतीले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा...
Read More
पोखरा, असार १३ , माधब पनेरु । नेपालमै पहिलो पटक पोखरामा सिसाको पुल बन्ने भएको छ । बिस्वका केही देशहरुमा सवै प्रकारका सवारी चल्ने खालका सिसाको पुल र्निमाण भैरहेको...
Read More