श्रावण ७ गते २०७६

लमजुङ्ग र मनाङ्गमा सोचे जस्तो बजेट आएपछि देब गुरुङ्ग प्रति जनता खुशि , हेर्नुहोस योजनाको बिबरण ?

लमजुङ्ग, साउन ७ ।
बिकासको हिसावले पछाडी परेको लमजुङ्ग जिल्लाले यस पटकको र्निबाचनमा सोचेजस्तो नेतृत्व पाएको छ । प्रदेशको मुख्यमन्त्री तथा संघमा पनि मुल नेतृत्व मध्येको देव गुरुङ्गले लमजुङ्ग बाट र्निबाचन लडेपछि लमजुङ्गले बिकासमा फड्को मार्ने धेरैको अपेक्षा थियो । सोही बमोजिम प्रदेश र संघ सरकारले बिनियोजन गरेको योजनामा सन्तुलित र उललब्धीमुलक बजेट पर्न थालेपछि लमजुङ्गबासीहरुमा खुशिको सञ्चार हुन थालेको छ । र्निबाचनको बेला गरिएको बिस्वास र शंका दुबैलाई संघीय सरकार अन्र्तगत नेकपामा मुख्य सचेतक देब गुरुङ्ग, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग तथा अन्य सांसदहरुको सामुहिक प्रयन्त र छलफलका कारण बजेट बिनियोजनमा लमजुङ्ग प्राथमिकतामा पर्न थालेपछि जनतामा आशाको किरण पलाएको राईनास नगरका नेकपामा अध्यक्ष अबिरल न्यौपानेले प्रतिकृया दिए ।
बिकासका योजनाहरु मात्र नभई सामरीक महत्व र र्दिर्घकालिन महत्वका योजनाहरु छनौट हुन थालेकोमा बिकासमा लमजुङ्ग अब अगाडी आउनेमा न्यौपानेले बिस्वास ब्यत्त गरे ।
संघिय सरकार बाट लमजुङ्ग जिल्लामा बिनियोजित बजेट यस्तो छ ः