नेपाली कम्यूनिष्टको लक्ष्य जनताको जनबाद सुदृढ गर्नु‐मुख्यमन्त्री गुरुङ
गण्डकी सन्देश सम्वाददाता
पोखरा, साउन ७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कम्यूनिष्ट क्रान्तिको तत्कालिक लक्ष्य समाजबाद उन्मुख जनताको जनबाद सुदृढ गर्नु रहेको बताएका छन । पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङले समाजबाद उन्मुख जनताको जनबादको लागि राष्ट्रिय पुंजी विकास गर्नुपर्ने र यसले देशलाई आत्मनिर्भर र स्वाधिन राष्ट्रको रुपमा स्थापित गर्ने दावी गरे । ४१ औ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रममा सहभागी हुदै मुख्यमन्त्री गुरुङले जनताको जनबाद र राष्ट्रिय पुंजीको विकास गरेर मात्र समादवादको लक्ष्य पुरा हुनसक्ने जिकिर गरे ।
‘हाम्रो तात्कालिक लक्ष्य समाजवाद उन्मुख जनताको जनवादी व्यवास्थाको सुदृढीकरण र प्रगतिशील शक्ति उत्पादकको विकास कसरी गर्ने भन्ने नै हो’ उनले भने ‘ र यी दुई काम गर्द गर्दै समाजवादको तयारी कसरी गर्ने भन्ने अहिलेको हाम्रो कार्यदिशा हो ।’ सामन्तवाद अन्त्य भए पनि यसको केही अवशेष बा“की रहेकोले यसलाई समाप्त गर्ने चरणमा आफुहरु रहेको समेत मन्त्री गुरुङले बताए ।
युवा लेखक एमिलिया सुप्रिया पालिखेद्वारा लिखित उपन्यास ‘द लभ वि वान्ट’ को शनिबार पोखरामा विमोचन गरिएको छ । कवि तथा साहित्यकार प्राज्ञ रमेश श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका पूर्वाध्यक्ष...
Read More
पोखरा पर्यटन परिषदको आयोजनामा हुदै आएको रोपाई महोत्सव यस वर्ष पोखराको हेम्जामा हुने भएको छ । पोखरा २५ देविस्थान सेवा समाज हेम्जाको सहआयोजनामा १७ औँ असारे रोपाइँ महोत्सव हुन...
Read More
काठमान्डौ, साउन ११ । प्रधानमन्त्री केपि शर्मा ओलिको बुद्धि बंगारो झरेको छ । उनले आज भएको एक कार्यक्रममा हिजो बेलुका आफ्नो दाहिनेपट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारो आफैं खुस्किएको बताएका...
Read More
कास्कीको मादी गाऊपालिकाले आफ्ना नागरीकका लागि घुम्ती सेवा सुरु गरेको छ । स्थानिय सरकार घर घरमा भन्ने नाराका साथ वडा भन्दा बाहीर अस्थाई बसोबास गर्ने नागरीकहरुका लागि सेवा प्रबाह...
Read More