श्रावण ८ गते २०७६

नाबालिकालाई बन्धक बनाई जबरजस्ती करणी गर्ने पक्राउ

साउन, ८, पोखरा।
साउन ७ गते मोरङ बिराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नं ७ बस्ने एक शिक्षकले १४ बर्षिया बालिका लाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक बर्ष २८ को राकेश कुमार कानोडियाले उदयपूर बस्ने १४ बर्षीया नाबालिकालाई पोखराको लेकसाईड डिहिगोपाटन स्थित द कन्ट्री यार्ड होटलको एक कोठामा ल्याई नाबालिकाले प्रयोग गरेको मोबाइल समेत नियन्त्रणमा लिई अविभावकसंग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
नाबालिकाको उद्दार गरी अविभावकको जिम्मा लगाईएको छ । निज नाबालिकालाई बिगत ८ दिनदेखी होटलको कोठामा राखी जबरजस्ती करणी समेत गर्ने कार्यमा संलग्न राकेश कुमार कानोडियालाई नियन्त्रणमा लिई कानुनी कारवाही अगाडी बढाइएको छ ।