श्रावण ९ गते २०७६

७ मिलियन भन्दा बढी सस्क्राईब भएको नेपाली महिलाको युट्युब च्यानल , कमाउछीन मासिक करोडौ रुपैया

काठमाडौँ, ८ साउन ।
सायद धेरैलाई थाहा नहोला नेपालीको पनि ६ मिलियन सब्स्क्राईब भएको युट्युब च्यानल छ भनेर । तर यो साचो हो एक नेपाली चेली प्रमिस तामाङको डोप २१११ नामक युत्युब च्यानल छ । जहा लगभग ६ मिलियन सब्सक्राइब रहेको छ ।
धेरै नेपालीलाई थाहा नहुनुको पछाडीको कारण भनेको प्रमिस तामाङले उक्त च्यानलमा नेपाली नबोल्नु हो । विभिन्न चर्चित सेलिब्रिटी जस्तै देखिने मेकअप गरेर चर्चित बनेकी उनलाई नेपालीले भन्दा बढी विदेशीले चिन्दछन । त्यसैले त उनको च्यानलमा नेपाली एकाद मात्र सब्स्क्राईबर छन ।
धेरै वटा भिडियो बनाएकी उनले पछिल्लो पटक भने एक भिडियो नेपाली भाषा मै बनाएकी रहेछिन । त्यसपछि मात्र उनि कहाकी हुन् भन्ने खुलासा भएको हो । हुनत उनको अर्को च्यानल पनि रहेछ । जसको नाम ओ प्रमिस फान । त्यहाँ पनि एक मिलियन भन्दा बढी सब्स्क्राईब रहेका छन । दुवै च्यानल गरेर ७ मिलियन भन्दा बढी सब्स्क्राईबर उनको रहेको छ ।
उनको यत्ति ठुलो च्यानलबाट आम्दानी पनि राम्रै हुने निश्चित छ । युट्युबबाट नै उनी अर्बपति भएको सहजै अनुमान लगाउन सकिन्छ ।स्रोत ः npkhabar24.com

https://www.youtube.com/user/Promise21111/featured