साउन,,९,काठमाडौं । दूरसञ्चार प्राधिकरणले विदेशबाट आउने अपरिचित फोन नउठाउन आग्रह गरेको छ । विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता कलहरू नउठाउन र कलब्याक नगर्न सबैमा आग्रह गरेको हो । विदेशबाट मिस्डकल वा कल ठग्नका लागि गर्ने गरेकाले त्यस्तो फोन नउठाउन प्राधिकरणले अनुरोध गरेको हो । पछिल्लो समय टेलिफोन र मोबाइल नम्बरमा विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन तथा मिस्डकल आउने समस्या देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उप–महानिर्देशक सन्दीप अधिकारी नेपालका टेलिफोन तथा मोबाइल प्रयोगकर्ताकोमा विदेशका अपरिचितको नम्बरबाट टेलिफोन तथा मिस्डकल आउन थालेको बताउँछन् । उनका अनुसार, प्राधिकरणले समस्या समाधानका लागि पहल थालेको छ। प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यस्ता कलको रेस्पोन्स नगरी सोझै प्राधिकरणमा खबर गर्न सबैमा अपिलसमेत गरेको छ ।
काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव...
Read More
काठमान्डौ, साउन ११ । प्रधानमन्त्री केपि शर्मा ओलिको बुद्धि बंगारो झरेको छ । उनले आज भएको एक कार्यक्रममा हिजो बेलुका आफ्नो दाहिनेपट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारो आफैं खुस्किएको बताएका...
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई पद छाड्न अल्टिमेटम दिएका छन् । क्याबिनेट बैठकमा पनि नआउने, मन्त्रालयको काम पनि राम्ररी नगर्ने, उल्टै सरकारको विरोधमा बयानबाजी गर्ने...
Read More
पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित आफ्नो स्वामित्वमा रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय लगायतका सटरहरूमा डोजर चलाएको छ । भवन तथा सटरहरूमा व्यवसाय सञ्चालन गरिरहेका संस्था तथा व्यवसायीहरूलाई खालि गर्नका लागि...
Read More