श्रावण ९ गते २०७६

गण्डकी प्रदेशको गाडी नलिने उप– प्रमुख के.सीको घोषणा

पोखरा, साउन ९ ।
गण्डकी प्रदेश सरकारले भर्खरै र्निणय गरेको गण्डकी प्रदेशका स्थानिय तहका उप प्रमुखहरुलाई पनि गाडी सुबिधा दिने र्निणय प्रति म्याग्दी जिल्लाको मंगला गाऊपालिका को उप– प्रमुख र्सिजना के.सी. ले आफुले प्रदेश सरकारले दिएको गाडी नचढ्ने सार्बजनिक रुपमा जानकारी गराएकी छन ।
सरकारले दिने भनिएको गाडी एम्वुलेन्सको रुपमा प्रयोग गरि जनताको सेवामा लाग्ने उनले सो अबसरमा उदघोष पनि गरेकी छन । जनताले बिरामी हुदाँ एम्वुलेन्सको सुबिधा नपाइरहेको बेला आफुले गाडी चढेर हिड्न नमिल्ने भन्दै उनले फेसबुक स्टाटसमा समेत उत्त गाडी एम्वुलेन्स बनाउने घोषणा गरेकी हुन ।