श्रावण १० गते २०७६

सरकारद्वारा तोकियो जग्गाको मुल्य ? कहाँको कति ?

काडमाडौं । काठमाडौं जिल्लाका विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकीएको छ। सरकारले विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकेको हो।
सरकारले तोकेको रेटभन्दा कममा कारोबार भएको देखाएर सोही अनुसारको कर तिर्न पाइने छैन। जग्गाबाट राजस्व उठाउन सरकारले मूल्य तोकेको हो। सोही मूल्यका आधारमा सरकारले कर निर्धारण गर्छ। जग्गासँग बाटो जोडिएको र नजोडिएको तथा गोरेटो बाटो भएको ठाउँको फरक फरक मूल्य तोकेको छ।
मालपोत नियमावली २०३६ को नियम ५ ख को उपनियम ४ बमोजिम काठमाडौं जिल्ला क्षेत्रका जग्गाको मूल्य निर्धारण भएको हो। देशभरका मालपोत कार्यालयले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको परामर्शमा मूल्य तोकेका छन्। सरकारले निर्धारण गरेको सो मूल्य साउन १ गतेदेखि लागू भइसकेको छ।
काठमाडौं रिङरोडका दायाँबायाँका जग्गाको मूल्य ३५ लाख सम्म तोकिएको छ। मातपोत कार्यालय कलंकीले सार्वजनिक गरेको मूल्य यस्तो छ।