श्रावण ११ गते २०७६

नियत कि नियती ,घाटमा जिउदै किन लगे बिरामीलाई ?

अन्तिम संस्कारका लागि घाटमा लगिएकी पाल्पा रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।अन्तिम संस्कारका लागि भन्दै घाट लगिएकी ज्ञवालीको तानसेनकै युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार भएको थियो । आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज गरेको थियो ।

वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको ज्यान गएको हल्ला चलेको थियो । त्यसपछि बिरामीका आफन्तले नर्मतालाई सिधै रिँडी घाट पुर्याएका थिए ।

आधा शरीर पानीमा डुबाएको केही समयपछि बिरामी चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लान सुझाव दिए । त्यसपछि सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी नर्मताको उपचार भैरहेको छ ।
बिरामीको श्रीमानले भने औषधी गर्ने पैसा नभएका कारण पनि बिरामीलाई थप उपचारमा समस्या भएको बताए । एउटा च्यानलले गरेको कुराकानिका आधारमा उनले आफु संग पैसा पनि नभएको र डाक्टरले लगाएको अक्सीजन हटाउन लगाएको उनले बताएका छन । तर अस्पतालले भने अक्सीजन सहित डिस्जार्ज गरको थियो । उपचार गर्न थप पैसा नभएकाले श्रीमानले उपचारमा कम चासो दिएको बताइएको छ ।