दोर्दी घटना प्राकृतिक विपत्ती भएकाले राज्यले बिषेश सहयोग गर्न पर्छ ः देब गुरुङ्ग
गण्डकी सन्देश सम्वाददाता
पोखरा, साउन १३। लमजुङ्गको दोर्दी गाऊपालिकाको लिबट्री हाईड्रोमा बाढीका कारण भएको क्षतिको बारेमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संसदिय दलका प्रमुख सचेतक देब गु?ङ्गले स्थलगत अध्ययन गर्नुभएको छ । घटनास्थल र बिरामीह?को अबस्था बुझेपछि नेता गू?ङ्गले या एउटा अकल्पनीय तथा प्राकृतिक बिपत्ती भएको प्रतिकृया दिनु भएको छ । यो घटनामा जनधनको क्षति प्रति राज्य गभ्भीर हुन पर्ने र यसका लागि आफुले आवाज उठाउने उहाँले सो अबसरमा बताउनु भयो । ११ जनाको मृत्यु भएको र अझै केही हराईरहेका छन भने हाईड्रोमा करौडौको क्षति भएको छ । घटनाको एकिन क्षति संकलनको कार्य भैरहेकोले एकिन बिबरण पछि क्षतिपुर्तिको लागि यथाशिघ्र पहल गर्ने प्रतिबद्धता पनि उहाँले सो अबसरमा गर्नुभयो । लमजुङ्ग बाट प्रतिनिधि सभामा र्निबाचिन हुनुभएको नेता गु?ङ्गले दोर्दि घटनाले अन्य र्निमाणाधिन हाईड्रो तथा आयोजनाह?मा पनि सचेनता र कामदार सुरक्षाको बिषयलाई पनि उजागर गरेको बताउनुु भयो । घटनास्थलको अबलोकन पछि उहाँले जिल्ला अस्पतालमा रहेका बिरामीहरु लाई पनि भेट््नु भएको थियो । बिरामीह?को उपचारमा कुनै कसर नराख्न उहाँले आग्रह गर्नुभयो । पानी नपरेको बेला मध्ये दिउसो खोलामा भयानक ठुलो बाढी आएका कारण ठुलो क्षति भएको हो । बिगत ७० बर्ष यताकै ठुलो बाढी आएको त्यहाँका जानकारह? बताउछन । माथि खोला थुनिएर खोलिएको हो कि भन्ने प्रारम्भीक अनुसन्धान गरिएको छ ।
जिल्ला अस्पताल लमजुङ्गमा रहेका बिरामीहरुलाई भेट गर्दे, देब गुरुङ्ग
काठमाडौं, कात्तिक २३ नेपालीमाथि भारतले हस्तक्षेप जारी राखेको छ । त्यसैक्रममा भारतीय सुरक्षा निकाय ९एसएसबी०ले देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा निर्माण गर्न थालिएको भू–टावर बनाउन रोक लगाएको छ...
Read More
८ वैशाख, काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट...
Read More
प्रमोद अधिाकारी, लमजुङ बिहीबार, भदौ ११ लमजुङ जिल्लाको क्व्होलासोथर गाउँपालिकामा कार्यरत एक कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टी भएपछी गाउँपालिका सिल गरिको छ । उक्त संक्रमित व्यक्ति २६ वर्षीय पुरुष...
Read More
बाढी पूर्वानुमान महाशाखाले आज महाकाली,पश्चिम राप्ती,तिनाउ जलाधारका सहायक नदीहरु, नारायणीका सहायक नदीहरु त्रिशुली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ । महाशाखाका अनुसार आकस्मिक...
Read More