कष्टपुर्ण यात्रा गर्दे गण्डकीका मुख्यमन्त्री सुपर दोर्दीमा (भिडियो सहित)
गण्डकी सन्देश सम्वाददाता
पोखरा, साउन १४,माधब पनेरु । एक्कासी आएको बिनासकारी बाढीका कारण क्षति पुगेको लमजुङ्गको दोर्दी गाऊपालिकामा रहेको लिबट्री हाईड्रो र सुपर दोर्दि हाईड्रोको अबलोकनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग सहितको टोलि दुई दिनको यात्रा गर्दे पोखरा र्फिर्कएको छ । भ्रमणमा गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हरि चुमान,प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा, सदस्य डा. बिष्णु बराल , नेकपा लमजुङ्गका ईन्चार्ज तथा प्रदेशसभा(नेकपा) प्रमुख सचेतक मायानाथ अधिकारी, नेकपा लमजुङ्गका अध्यक्ष तथा सांसद मधु अधिकारी सचिव तथा सांसद धनन्जय दवाडी लगायतकोे टोलि सुपर दोर्दि पुगेको हो । लिबट्री हाईड्रोमा मानविय क्षति भए संगै सुपद दोर्दिमा पनि बाढीले ठुलोे क्षति पु¥याएको अबलोकनका क्रममा जानकारी प्राप्त भएको जनाईएको छ । करिव ५० मेघावाट क्षमताको सुपर दोर्दिको सुरुङ्ग क्षत्रमा बाढीले क्षति पु¥याएको छ ।
क्षतिको अबलोकन गर्दे मुख्यमन्त्री गूरुङ्ग
बर्षाको समयमा कठिन यात्रा सहित सुपरदोर्दि पुगेका मुख्यमन्त्री गुरुङ्गले खोलामा बाढीको पुर्ब चेतावनी यन्त्र राख्ने बिषयमा अध्ययन अगाडी बढाउने बताउनु भयो । दैबिक क्षति भएको यस्ता आयोजनाहरुको समय अबधि थप गर्ने सकिने बिषयमा कानुनी अध्ययन पछि सहजिकरण गर्ने उहाँले सो अबसरमा जानकारी दिनु भयो । बिद्युतको हब लमजुङ्गको दोर्दि खोलामा मात्र ७ वटा हाईड्रो र्निमाणधिन छन । बाटोमा अबिरल बर्षा भएपछि खोलामा पानिकोे सहत बढेर करिव एक घण्टा मुख्यमन्त्री सहितको टोलि रोकिएको थियो । सडकको अबस्था पनि कमजोर बनेको भएपनि टोलि आयोजना स्थल पुगेपछि हाईड्रपावर सञ्चालकहरुले खुशि ब्यत्त गरका थिए ।
खोलामा पानिको सतह बढेपछि यात्रामा प्रयोग भएको गाडी सुदरदोर्दीको आयोजना स्थलमा गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हरि चुमान गाडी खोला कट्न नसकेपछि मुख्यमन्त्री झोलुङ्गे पुल तर्दे
भारतिय सैनिक १।८ गोर्खा राईफल्स ३ मैंक इन्फेन्टिको १९७ औं स्थापना दिवस तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । सनिबार पोखारमा आयोजित एक बिषेश कार्यक्रमका बिच आफ्नो स्थापना दिवस...
Read More
पोखरा २३ कार्तिक । कास्की क्षेत्र नं २ मा मंसिर १४ गते हुने उप–निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टीका उम्मेदवार विद्या भट्टराई अधिकारीले आँफू जनताको सहयात्री भएको बताएकी छिन् ।...
Read More
बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सन्चालनमा छन् ।विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर...
Read More
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ...
Read More