पोखरा, साउन १४ । स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरु बाट सदभाव लिन सफल भएको लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाऊमा घोषित भएको छ । गाऊ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) नेपाल द्धारा घोषत बर्ष गन्तब्यमा परिसकेको राईनास यो बर्ष उत्कृष्ट पर्यटकिय गाऊ घोषित भएको हो । अमेरीकी नागरीक लतासाको सहयोगमा र्निमाण भएको १४ वटा घरमा होमस्टे सञ्चालन भएको हो । उत्कृष्ट दृश्याबलोकन तथा ऐतिहासिक स्थल भएका कारण मानिसहरु राईनासकोटमा भ्रमण गर्न थालेको हुन । बर्षनी राईनास जाने पर्यटकहरुको संख्या बृद्धि हुदै गएको छ । बर्ष गन्तब्यमा परेपछि झन पर्यटकको ध्यान राईनासमा आक्रसित भएको हो । त्यहाँको अतिथि सत्कार तथा होमस्टे परिपरिको बाताबरण, सास्कृतिक प्रस्तुतिहरु पर्यटकले बढी मनपराउने होमस्टे सञ्चालक बिष्णु गुरुङ्गले जानकारी दिनु भयो । राईनासकोटको बारेमा पत्रकार बिक्रम न्यौपानेले र्निमाण गरेको भिडियो रिपोर्ट हालै मात्र ग्रामिण पर्यटन बिधामा पुरस्कृत भएको थियो । राईनासकोटमा अहिले भिडियो छायाँकन पनि बढ्न थालेको छ । राईनासबाट लमजुङ्ग,गोरखा, तनहँु तथा नारायणी नदि देख्न सकिन्छ भने चारै दिशामा हिमाल हेर्न सकिन्छ । यो बिधामामा यस अघि लमजुङ्गकै काउलेपानि होमस्टे, कास्कीको कालाबाङ्ग, हेम्जाकोट पुरस्कृत भैसकेका छन । लमजुङ्ग जिल्लाको पुरस्कृत हुने होमस्टेमा राईनासकोट दोस्रो हो । राईनासको लोकप्रियता भिटोफ लगायतका पर्यटन सस्थाहरुको भ्रमण तथा कोटमै गरिएको कार्यक्रमहरुले पनि बढाएको होमस्टे सञ्चालकहरु बताउछन । प्रचार प्रसारमा स्थान पाईरहने राईनासमा गण्डकी प्रदेश सरकारले पनि अनुदान दिएको छ भने संघिय सरकारले पनि यो बर्ष करिव एक करोड बजेट बिनियोन गरेको छ । शाहा बंशिय राजाहरुले राज्य गरको गढीको रुपमा राईनासकोट लाई चिनिन्छ । काठमान्डौमा हुने एक बिषेश समारोहका बिच बुधबार राईनासकोट सामुदायिक होमस्टेलाई पुरस्कृत गरीने भिटोफ नेपालका केन्दीय अध्यक्ष धुब्र सिंखडाले जानकारी दिनुभयो ।
बर्ष गन्तब्य घोषणा भएपछि तत्कालिन पर्यटन,सस्कृति तथा नागरिक उड्यन मन्त्री स्व.रबिन्दै अधिकारीबाट प्रमाणपत्र लिदै राईनासकोट होमस्टे सञ्चालक बिष्णु गुरुङ्ग
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न आग्रह गरेका छन् । सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवनको शुक्रबार अवलोकन गर्दै उनले आयोजना...
Read More
श्रावण १६, काठमाडौँ —नेत्रबिक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय...
Read More
इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुबाहक बसमा बन्दूकधारी आतङ्कवादी समूहले आक्रमण गर्दा ३४ जनाको मृत्यु भएको राष्ट्रिय मानवअधिकारवादी समूहले जनाएको छ । इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू भएका राष्ट्रिय मानबअधिकारवादी...
Read More
पोखरा २३ कार्तिक । कास्की क्षेत्र नं २ मा मंसिर १४ गते हुने उप–निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टीका उम्मेदवार विद्या भट्टराई अधिकारीले आँफू जनताको सहयात्री भएको बताएकी छिन् ।...
Read More