श्रावण १५ गते २०७६

२ वटा गाडीमा आगजनी, ४ स्थानमा शंकास्पद बस्तु

साउन १५, काठमाडौं मकवानपुरको हेटौँडामा दुई वटा सवारी साधानमा आगजनी गएिको छ । मकवानपुरको फाखेल हनुमाने चोकमा बा १४ च ८२३४ नम्बरको कार र महनरी ज्यामिरेमा बा ५ ख २७३९ नम्बरको ट्रकमा आगजनी गरिएको छ । त्यस्तै हेटौडा उपमहानगरपालिकाको चार स्थानमा शंकास्पद बस्तु फेला परेको छ । नेपाली सेनाको टोलीले उक्त शंकास्पद बस्तु डिस्पोज गरिदिएको छ ।

बमको आशंका गरिएको ति शंकास्पद बस्तुहरु सेनाको टोलीले डिस्पोज गरिदिएको हो । विप्लव नेतृत्वको नेकपाले आज गरेको बन्दमा तर्साउन थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजिकै ति शंकास्पद बस्तुहरु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटनामा मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिएका छन ।बन्दको अवस्थामा शान्तिसुरक्षाको अवस्थालाई मध्यनजर गर्दै प्रहरीको सक्रियता बढाईएको उनको भनाई छ ।