पोखरा, साउन १५ । लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाऊमा घोषित भएको छ । गाऊ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) नेपाल द्धारा घोषत बर्ष गन्तब्यमा परिसकेको राईनास यो बर्ष उत्कृष्ट पर्यटकिय गाऊ घोषित भएको हो ।काठमान्डौमा भएको उए समारोहका बिच राईनास पुरस्कृत भएको छ । राईनासकोट होमस्टे समितीको उपाध्यक्ष बिष्णु गुरुङ्गले पुरस्कार ग्रहण गर्नुभएको छ । अमेरीकी नागरीक लतासाको सहयोगमा र्निमाण भएको १४ वटा घरमा होमस्टे सञ्चालन भएको हो । उत्कृष्ट दृश्याबलोकन तथा ऐतिहासिक स्थल भएका कारण मानिसहरु राईनासकोटमा भ्रमण गर्न थालेको हुन । बर्षनी राईनास जाने पर्यटकहरुको संख्या बृद्धि हुदै गएको छ । बर्ष गन्तब्यमा परेपछि झन पर्यटकको ध्यान राईनासमा आक्रसित भएको हो । त्यहाँको अतिथि सत्कार तथा होमस्टे वरिपरिको बाताबरण, सास्कृतिक प्रस्तुतिहरु पर्यटकले बढी मन पराउने होमस्टे सञ्चालक बिष्णु गुरुङ्गले जानकारी दिनु भयो । राईनासकोटको बारेमा पत्रकार बिक्रम न्यौपानेले र्निमाण गरेको भिडियो रिपोर्ट हालै मात्र ग्रामिण पर्यटन बिधामा पुरस्कृत भएको थियो । राईनासकोटमा अहिले भिडियो छायाँकन पनि बढ्न थालेको छ । राईनासबाट लमजुङ्ग,गोरखा, तनहँु तथा नारायणी नदि देख्न सकिन्छ भने चारै दिशामा हिमाल हेर्न सकिन्छ । यो बिधामामा यस अघि लमजुङ्गकै काउलेपानि होमस्टे, कास्कीको कालाबाङ्ग, हेम्जाकोट पुरस्कृत भैसकेका छन । लमजुङ्ग जिल्लाको पुरस्कृत हुने होमस्टेमा राईनासकोट दोस्रो हो । राईनासको लोकप्रियता भिटोफ लगायतका पर्यटन सस्थाहरुको भ्रमण तथा कोटमै गरिएको कार्यक्रमहरुले पनि बढाएको होमस्टे सञ्चालकहरु बताउछन । प्रचार प्रसारमा स्थान पाईरहने राईनासमा गण्डकी प्रदेश सरकारले पनि अनुदान दिएको छ भने संघिय सरकारले पनि यो बर्ष करिव एक करोड बजेट बिनियोन गरेको छ । शाहा बंशिय राजाहरुले राज्य गरको गढीको रुपमा राईनासकोट लाई चिनिन्छ ।
विराटनगरस्थित नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका विहीबार दिउँसो विराटनगरको तीनपैनी चोकमा रहेको रेष्टुरेन्टमा आगलागी भएको हो । प्रहरीका अनुसार आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेर...
Read More
काठमाडौं, २७ साउन । नेपाली सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारवाहीको तयारी गरेको छ । उपरथी दर्जामा पदोन्नति हुन भारतबाट नक्कली...
Read More
सरकारले भोलि फागुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका...
Read More
फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले बताइएको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । अधिकारीहरुले...
Read More