श्रावण १६ गते २०७६

ब्रमाण्डमा नवौ ग्रहमा प्लुटो

काठमाडौं, १६ साउन । लामो समयदेखि ग्रहको रुपमा मानिँदै आएको प्लुटोलाई सन् २००६ सालमा ग्रह नमान्ने घोषणा गरिएकोमा फेरि प्लुटोले ग्रहकै मान्यता र दर्जा पाएको छ। ब्रह्माण्डका वस्तुको वर्गीकरणको जिम्मेवार संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन ९आएयु० ले भर्खरै प्लुटोलाई एक मुख्य ग्रहको रुपमा वर्गीकृत भएको घोषणा गरेको हो।
हाम्रो सौर्यमण्डलको नवौं ग्रहको रुपमा लामो समयदेखि स्थापित र मानिँदै आएको यो ग्रहले मर्करी, भेनस, पृथ्वी, मंगल, जुपीटर, स्याटर्न, युरानास, नेप्ट्युन र प्लानेट–एक्सले सोही स्तरको पुनःमान्यता पाएको हो। धेरैलाई थाहा छ, सबैको मनपर्ने यस ग्रहलाई सन् २००६ मा सौर्यमण्डलका नवौं ग्रहबाट प्लुटोलाई हटाएर यसलार्य क्षुद्र ग्रहको दर्जा प्रदान गरिएको थियो। सोही निर्णयका कारण आएयु बदनाम र सर्वआलोचित हुँदै आएको थियो।
सन् २००६ मा प्लुटोलाई सौर्यमण्डलको पूर्ण सदस्य ग्रह नमान्ने, त्यलाई क्षुद्र ग्रह मान्ने घोषणा भएलगतै जनतामा ठूलो आक्रोश पैदा भएको थियो। त्यति बेलादेखि नै प्लुटोलाई पुनः ग्रहको मान्यता दिन अभियान थालिएक थिए तर यसले सफलता भेट्टाउन सकेको थिएन।
तर, आएयुले आफ्नो पुरानो निर्णयलाई गलत मान्दै त्यसलाई सच्चाएको छ। त्यसअनुसार, आएयुले प्रेस विज्ञप्ति जारी गरी वरफै बरफले भरिएको चिसो ग्रह प्लुटोलाई फेरि ग्रहको मान्यता दिएको छ। स्मरण रहोस्, प्लुटोलाई क्षुद्र ग्रह घोषणा गरिएपछि सौर्यमण्डलमा आठ वटा ग्रहहरु रहको थिए।
तर पुनः प्लुटोले ग्रहको रुपमा मान्यता पाएपछि सौर्यमण्डलमा ग्रहको संख्या नौं वटा पुगेको छ। त्यसो त प्लानेट एक्स नामाकरण गरिएको थप अर्को ग्रह पनि हाम्रो सौर्यमण्डलमा रहेको मानिँदै आइएको छ।