श्रावण १६ गते २०७६
(नेकपा) बिप्लव को पार्टी सुद्धिकरण की संख्या कटौति
श्रावण १६,
काठमाडौँ —नेत्रबिक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कमान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन ।
चन्द समूहले पार्टी्भित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’ मा पठाएको छ ।
‘५० केन्द्रीय सदस्यमध्ये १७ जनालाई पद घटुवा गरेर कारबाही गरिएको हो,’ एक केन्द्रीय सदस्यले कान्तिपुरसँग भने, ‘घटुवा गरे पनि खुला मोर्चामा जिम्मेवारी दिइएको छ ।’ तीमध्ये केहीलाई पार्टीले दिएको जिम्मेवारी पूरा नगरेपछि हटाइएको उनको भनाइ थियो । ‘अब नयाँ ढंगले चल्नुपर्छ भन्ने पार्टीको निष्कर्ष छ, केहीलाई कारबाही पनि हुन सक्छ,’ उनले भने ।
चन्द समूहका एक नेताका अनुसार पार्टी कार्यकर्ताको सुराकी गरेको, जिम्मेवारी दिएको क्षेत्रमा नगएको भन्दै केहीलाई जिम्मेवारीबाट हटाइएको र केहीलाई बर्खास्त गरिएको छ । स्थायी कमिटीमा चन्द, हेमन्तप्रकाश ओली, खडगबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला र सन्तोष बुढामगर थिए । चन्दबाहेकका चार जनालाई सचिवालय सदस्यको जिम्मेवारीमात्र दिइएको छ ।
पोलिटब्युरो सदस्यहरू भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ । पोलिटब्युरो सदस्य कृष्ण धमलालाई भने केन्द्रीय सदस्यको जिम्मेवारीबाट समेत हटाइएको छ । त्यसैगरी केन्द्रीय सदस्य रामप्रसाद तिमल्सिना, शंकर खडका, डीडी पाण्डे, भेषराज भुसाल, पुरुषोतम विष्ट, धनबहादुर महर्जन, डम्बर विश्वकर्मा, आजाद केसीलगायत १७ जनालाई केन्द्रीय सदस्यबाट हटाएको चन्द समूहका ती नेताले जानकारी दिए । ‘केही सदस्यले पार्टी्भित्रको गोपनीयता भंग गरेको, सुराकी गरेको भन्ने उजुरी परेका छन्,’ उनले भने, ‘त्यही कारण पार्टीको शुद्धीकरण अभियान चलाइएको हो, पार्टीले तीनवटै कमिटीका सदस्यहरूलाई नयाँ ढंगले जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाएको छ ।’ सरकारले प्रतिबन्ध लगाएको अवस्थामा इमानदार कार्यकर्ता आवश्यक रहेको उल्लेख गर्दै उनले शुद्धीकरण अभियानबाट पार्टी झन् बलियो हुने दाबी गरे । उनले दर्जनभन्दा बढी कार्यकर्तामाथि निगरानी गरिरहेको जानकारी दिँदै केही दिनभित्रै पार्टी निष्कर्ष पुग्ने बताए ।
यस अघि पार्टीमा प्रभावशालि मानिएका र सञ्चार क्षेत्रमा पनि आफ्नो प्रभाव छाडीसकेको क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष सहित ४० जनालाई पनि पार्टीले कार्वाही गरेको थियो । उनिहरुको निलम्वन अहिलेसम्म पनि फुकुवा भएको छैन । कार्वाहीमा परेका कुनैपनि सदस्यहरु पार्टी छोडेको घोषणा गरेका छैनन् । चेन अफ कमाण्डमा नबसेको र अराजकता मच्चाउन खोजेको आरोपमा कार्वाही भोगेका ४० जनाले सोही संगठन कब्जा गरेपछि नेकपाले जनपत्रकार संगठन नामको नयाँ संगठन दर्ता गरेको छ । त्यसको अध्यक्षमा प्रकाश डुम्रे छन ।
यसले बिप्लव भुमिगत अबस्थामा भएकाले सहित सुचना र बिष्लेषणमा बिप्लव चुकेका छन भन्ने देखाउछ । पार्टीमा सबै खराव भए असल को हो त? आफ्नै पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्य समेत बिस्वासिला नदेखिएपछि बिप्लवले भनेको समाजबादी क्रान्ति कसरी अगाडी बढ्ला ? राज्यले लगभग देशका मुख्य स्थानका जिल्ला ईन्जार्ज तथा सेक्रेटरीहरु पक्राउ गरिसकेको छ ।