श्रावण १६ गते २०७६
बैकको पैसा लुटियो ।
साउन १६ ,
सिन्धुपाल्चोकको निर्धन उत्थान बैंक मुडे शाखामा कार्यरत पाल्पा जिल्ला निवासी ३१ वर्षीय महिमा अर्याल बैंकको समूहबाट काम सकेर कार्यालय फर्कँदै थिए । बिहानको साढे १० बजेतिर ठूलोधादिङका विभिन्न बैंकिङ समूहबाट पैसा बोकेर आएका अर्यालमाथि एक्कासि पछाडिबाट आक्रमण भयो । बा।७७प ८८०८ नम्बरको पल्सर बाइकमा आइरहेका उनलाई आक्रमणकारीले लिसंखुपाखर गाउँपालिका–४ को सिन्दुर्पा जंगलमा ढुंगाले हानेर लडाएका थिए ।
कालो मास्क लगाएका अपरिचित दुई युवाले अर्यालमाथि चक्कु, ढुंगा र लठ्ठीले एकोहोरो हिर्काइरहे । तर, होसमा रहेका अर्याल आक्रमणकारीलाई पछार्दै त्यहाँबाट भाग्न सफल भए । रगताम्मे बनेका अर्याल चार किलोमिटर भागेर मुडेनजिकको गाउँमा पुगेपछि स्थानीयले मुडे प्रहरीमा पु(याए ।
अर्यालको अवस्था गम्भीर भएकाले खाडीचौर अस्पतालमा सामान्य उपचार गरेपछि काठमाडौं लगिएको छ । आक्रमणकारीले उनको साथमा रहेको एक लाख ८५ हजार र मोबाइल लुटेर लगेका छन् ।