श्रावण १७ गते २०७६

५ ट्राफिक घुस रकम सहीत पक्राउ

साउन १७, काठमान्डौ

विभिन्न चेक पोस्टमा कार्यरत प्रहरी प्रतिटिपर २ हजार घूस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरीले प्रतिटिपर मासिक २ हजार लिने गरेकाे पाएकाे छ । बीपी र अरनिको राजमार्ग दैनिक १९ सय टिपर गुड्छन् । मण्डनदेउपुर नगरपालिकास्थित हिगुवापाटी प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरी जवान तेजप्रसाद भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाको पोस्टमा कार्यरत सिपाही हरिप्रसाद बानियाँ र हवल्दार रामहरी मानन्धर चालकसँग घूस लिँदैगर्दा पक्राउ परेका हुन् ।पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र जवान ज्ञानबहादुर लाम्गाडेलाई पनि अरनिको राजमार्गको केराघारीबाट पक्राउ परेका छन् ।

पक्राउ परेका ती स्थानमा टिपरहरुले मासिक रकम बुझाउँदै आएका छन् । उजुरीका आधारमा अख्तियारको टोलीले बिहीबार अपरेशन गरेको थियो । ओभरलोड, पानी चुहाउने नियन्त्रणको नाममा चेकिङमा कडाई गरेको देखाउँदै ट्राफिकले रकम असुल्दै आएको हो ।तल्लो तहका कर्मचारीबाट मासिक रुपमा संकलित रकम प्रहरीका उच्च अधिकारीसम्म पुग्ने भएकोले यातायात व्यवसायीका अगाडि प्रहरी निरीह रहने प्रहरीहरु नै स्वीकार्दै आएका छन्