श्रावण १९ गते २०७६
अस्पताल पस्यो,अख्तियार
पोखरा, १९ साउन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा आर्थिक अनियमिता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले छानविन गर्न कागजात नियन्त्रणमा लिएको छ ।
अस्पतालको एमआरआई मेसिन खरिदका क्रममा अनियमिता भएको उजुुरीलाई आधार मानेर छानविनका लागि कागाजत नियन्त्रणमा लिइएको अख्तियारका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।
त्यसै गरि यस वर्ष खरिद गर्न लागेका सामग्रीहरुको समेत कागजात ल््याएर अनुसन्धान थालेको उनले बताए । केही दिन अगाडी मात्रै अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका विषयमा आर्थिक चलखेलको उजुरी आएकाले सो को कागजपत्र समेत नियन्त्रणमा लिने उनले बताए ।
आइतबार नै दिने कागजातहरु लिने भनिएता पनि प्रतिठानका भिसि बुद्धिबहादुर थापा काठमाण्डौं रहेका कारण सो सम्बन्धी कागजात थापा आफैले ल््याउने उनले बताए । सामाजिक सेवा सञ्चालनका लागि अस्पतालले असार २३ गते सार्वजनिक सुचना समेत जारी गरेको थियो भने चार वटा गैह्र सरकारी संस्थाले निवेदन दिएका थिए ।
अस्पताल भित्र सामाजिक इकाई संचालन गर्ने अधिकार अस्पतालका निर्देशकको हुने व्यवस्था बनाईएको छ । अस्पताल व्यवस्थापन समितिलाई व्यवास्ता गर्दै डीनको संयोजकत्वमा बनाइएको समिति माथि आर्थिक चलखेल भएको उजुरी अख्तियारमा परेको उनले बताए ।
अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका लागि असल छिमेकी सहयोगी संस्था गोनेसा, कोपिला नेपाल, कम्युनिटी सर्पोट ग्रुप र टिम लिडर लोकल अर्गानाइजेसन समेतले आवेदन दिएका थिए ।
अस्पतालमै कार्यरत कर्मचारीहरु रहेको गैह्रसरकारी संस्था असल छिमेकी सहयोगी संस्था गोनेसालाई दिने निर्णय अस्पतालले गरेपछि उजुरी अख्तियारमा परेका थियो ।