अदालत र प्रसासनले मुद्धा लगाउन रोक लगाएपछि बिप्लवका कार्यकर्तालाई जिल्ला सारियो (भिडियो सहित)
गण्डकी सन्देश सम्वाददाता
साउन २४ । देशभर धरपकड र मुद्धा चलाईएका बिप्लव नेतृतत्को नेकपाका कार्यकर्ताहरुलाई एउटा अलदालतले सफाई दिएपछि अर्को अदालत वा एउटा मुद्धामा सफाई पाएपछि अर्को मुद्धा लगाउने क्रम चलिरहेको छ । कास्की कारागारमा रहेका नेकपाका केन्द्रीय सदस्य योगेन्द्र कुमाल र ब्युरो सदस्य कपिलल भट्ट लाई जिल्ला प्रसासन कार्यालय, कास्की र उच्च अदालतले समेत सफाई दिएपनि कारागार गेटबाट प्रहरीले पुनः पक्राउ गरेको छ । कारागार परिसर बाट बाहिरने बित्तीकै सिभिल प्रहरीले नियन्त्रणमा लिएर ट्याक्सीमा हालेका थिए । बिना पक्राउ पुर्जि उनिहरुलाई नियन्त्रणमा लिइएको हो । कारागार बाट नियन्त्रणमा लिएर ट्याक्सीमा राखेपनि छोरेपाटन प्रहरी चौकी अगाडी बाट प्रहरी भ्यानमा राख्न खोजिएको थियो । पत्रकार देखेपछि उनिहरुलाई ट्याक्सीमै राखेर स्याङ्गजा तर्फ लगिएको छ । प्रहरीको कडा सुरक्षाघेरामा राखेर स्याङ्गजा तर्फ लगिएको हो । रााज्यले प्रतिबन्धीत नेकपाका कार्यकर्तालाई एक पछि अर्को गर्दे मुद्धा लगाउने, जिल्ला परिबर्तन गरेर थुनामा राख्ने काम गरिरहेको छ ।
कास्की जिल्ला कारागार परिषर बाट पक्राउ गरिदै बिप्लव कार्यकर्ता
काठमाडौं : पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८०...
Read More
पोखरा, साउन १० । प्रतिबन्धीत नेकपा(बिप्लव) नेतृत्वको पार्टी कार्यकर्ताहरुले सरकारी गाडी माथिको आक्रमण सुरु गरेका छन । आफ्नो पार्टीलाई लगाइएको प्रतिबन्ध फुकुवा गर्न र गिरफ्तार गरिएका कार्यकर्ताहरुको रिहा गर्न...
Read More
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार...
Read More
काठमाडौं , पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एकरदुई स्थानमा हल्का वर्षा तथा मध्य र...
Read More