श्रावण २३ गते २०७६
५ हजारका कारण दुईलाख धरौटी !
पोखरा, साउन २३ ।
पोखरामा एक निजि अस्पतालमा चन्दा मागेको आरोपमा नेकपा क्रान्तिकारी (माओाबादी)का बिषेश जिल्ला समिति कास्कीका सदस्य तथा युवा लिगका केन्द्रीय सदस्य ईन्द्र बहादुर गुरुङ्ग कारागार चलान भएका छन ।
पोखराको एक निजि अस्पतालमा पार्टीको युवा सम्मेलनको लागि सहयोग गरिदिन आग्रह गर्न जाँदा अस्पतालले प्रहरीलाई खबर गरेर नियन्त्रणमा लिन लगाएको पार्टी स्रोतले जनाएको छ । पोखरामा गर्न लागिएको मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओबादी) निकट युवाहरुको एक कार्यक्रमका लागि आर्थिक अभियान सुरु गरिएको भएपनि जवरजस्ती कोही कसै संग पनि रकम माग नगरीएको माओबादीका केन्द्रीय सदस्य नारायण अधिकारीले जानकारी दिनु भयो ।
कार्यालयमा छोडिएको आर्थिक सहयोगको चिठीका आधारमा अस्पतालले नै फोन गरेर बोलाएर प्रहरीको नियन्त्रणमा पु¥याएको पार्टीको भनाई छ । पार्टीले निकालेको बिज्ञप्तीमा पोखराको पद्य नर्सिङ्ग होमले यस्तो हर्कत गरेको बताइएको छ । गुरुङ्गले अस्पताल प्रसासनलाई दिएको चिठीमा अदालतले आदेश दिएजस्तो मोटो रकम माग नगरीएको बताइएको छ ।
जिल्ला अदालत कास्कीले गरेको फैसला अनुसार गुरुङ्गले दुईलाख धरौटी बुझाउन पर्ने र उत्त रकम जम्मा गर्न नसकेकोले कारागार चलान गरिएको परिबारले जनाएको छ । गुरुङ्गले अस्पतालमा एक रुपैया समेत नलिएको थाहा हुदाहुदै राजनितिक आस्थाका आधारमा पक्राउ गरिएको पार्टीले जनाएको छ । बिज्ञप्ती मार्फत क्रान्तिकारी माओबादीले राज्यले अनेक बाहाना बनाएर क्रान्तिकारीहरु लाई निरुत्साहित र हत्तोसाही बनाउने काम गरेकोले सम्पुर्ण अधिकारबादीहरुले सहयोग गर्न र र्निदोष लाई न्याय दिलाउन अपिल गरेको छ । सामान्य तय सबै राजनितिक दल वा सामाजिक संघ सस्थाहरुले आर्थिक सहयोग लिएर नै कार्यक्रम गर्ने गर्दछन । तर आस्थाका आधारमा यस्तो हर्कत हुनु आफुहरु माथि मात्र गरिएको क्रान्तिकारीका कास्की जिल्ला ईन्चार्ज रामजि थापाले जानकारी दिए ।