श्रावण २३ गते २०७६
यसरी बने डा. बाबुराम शत्तिशालि तेस्रो पार्टीका नेता
काठमाडौं, २३ साउन।
पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँशत्ति स्थापना गर्दा खासै शुभचिन्तकहरु जम्मा गर्न नसकेपनि एकताको सिद्धान्तका आधारमा पुनः शत्तिशालि बन्दै गएका छन । पहाडीमुलका डा. भट्टराईलाई देशको एउटा पंत्तिले अहिलेपनि बिकासबादी नेताको रुपमा मान्छ । तर बाबुरामलाई सहानुभुति देखाएपनि चुनावमा भने सोचेजस्तो परिणाम आउन नसकेपछि साना तथा भौगोलिक प्रभावमा रहेको मधेष केन्द्रीत दलहरु संग एकपछि अर्को पार्टी एकता गर्दे उनले शत्ति आर्जन गरिरहेका छन । पछिल्लो समय उप्न्द्र यावद नेतृत्वको संघिय समाजबादी फोरम संग एकता गरि समाजबादी पार्टी र्निमाण गरेका डा. बाबुराम भट्टराईको पार्टी र राजपा बिच पनि पार्टी एकता हुने भएको छ । जसबाट नेपाली राजनितिमा नयाँ शिरा पैदा हुने संभावना बढेको छ । अहिले नेकपाको बहुमतको सरकार भएपनि नेपाली काग्रेस सहितका दलहरु बिचमा कार्यगत एकता गरेको खण्डमा राजनितिक अबस्था परिबर्तनको संभावना हुन्छ ।
यद्यपि राजपा र समाजवादी पार्टीबीच भइरहेको एकीकरणसम्बन्धी छलफललाई दुवै पक्षले अनौपचारिक भनेका छन्। तर वार्ता भने औपचारिक रूपमै भइरहेको छ। दुबै दल औपचारिक रुपमा सहमतिपत्रमा हस्ताक्षर नभएसम्म एकीकरणका विषयलाई सार्वजनिक नगर्ने पक्षमा नेताहरु रहेका छन्।
वार्तामा समाजवादीका तर्फबाट डा।बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु सहभागी छन्। राजपाबाट राजेन्द्र महतो, महन्थ ठाकुर र आवश्यकता अनुसार अध्यक्ष मण्डलका अन्य सदस्य पनि सामेल हुने गरेका छन्।
नयाँ दलको नाम ‘राष्ट्रिय समाजवादी पार्टी’ राख्न दुबै पक्ष सहमत भएको बुझिएको छ। पार्टीको झन्डामा साइकल चिह्न राख्ने सहमति भएको छ। तत्कालीन फोरमको ‘मसाल’ र राजपाको ‘छाता’ पहाडमा अस्वीकृत भएको ठानेर साइकल चिह्नमा सहमति जुटाइएको हो।
एकीकरणअघि समाजवादीले सरकार छोड्नुपर्ने राजपाको अडानलाई समाजवादीले स्वीकार गरेको छ। सहमतिपत्रमा हस्ताक्षर भएसँगै समाजवादीले सरकार छोड्ने सहमति भएको छ। पार्टीको सिद्धान्त लोकतान्त्रिक समाजवाद रहने छ भने नयाँ पार्टीले ‘बहुराष्ट्रिय राज्य’ र ‘संघीयतावाद’लाई पनि अंगाल्नेछ।
एकीकृत पार्टीको महाधिवेशनसम्मका लागि चार सदस्यीय अध्यक्ष मण्डल बनाउने सहमति जुटेको छ। जसमा महन्थ ठाकुर पहिलो वरीयतामा रहनेछन् भने त्यसपछि क्रमशः डा।बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो रहनेछन्। समान संख्यामा पदाधिकारी राख्ने सहमति पनि जुटेको छ। दुई पक्षबीच जिल्ला तथा प्रदेशमा पनि समान हैसियत दिने सहमति भएको छ
समाजवादीसँग एकीकरणको विषयमा राजपाका केही नेताहरुमा असन्तुष्टि पनि छ। यस्तो असन्तुष्टि देखाउनेमा राजपा अध्यक्ष मण्डलका दुई सदस्य राजकिशोर यादव र अनिल कुमार झा छन्।
शरत्सिंह भण्डारी र महेन्द्र यादव पहिलादेखि नै एकीकरणको पक्षमा छन्। तर, एकीकृत पार्टीको अध्यक्ष मण्डलमा प्रमुख जिम्मेवारी नपाउने भएपछि झा र यादव असन्तुष्ट देखिएको राजपा स्रोतका भनाइ छ।
राजपाका केही असन्तुष्ट नेताले राजपाबाटै अलग भएका हृदयेश त्रिपाठीलगायतका नेतासँग पनि छलफल अगाडि बढाएका छन्।