श्रावण २४ गते २०७६
बिप्लब कार्यकर्ता धमाधम पार्टी परित्याग गर्दै
अर्जुन काफ्ले÷स्याङ्जा , स्याङ्जा, साउन २४ गते । सरकारले नेकपा बिप्लबलाई प्रतिबन्द्ध लगाएर पक्राउ गर्न थालसगै स्याङ्जामा बिप्लब कार्यकर्ता धमाधम पार्टी परित्याग गर्न थालेका छन् ।
यहाँ प्रतिबन्द्ध लगाएसगै नेकपा बिप्लबका जिल्ला प्रमुख सहित छ जनाले पार्टी परित्याग गरेका छन् ।
यहाँ एकै दिन भिरकोट १ का मकबुल मियाँ, वडा नम्बर ७ का शेर बहादुर राना, फेदिखोला १ का बिनोद सोनामले छुट्टा छुट्टै बिज्ञप्ती निकालेर पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गरेका सोनाम र राना जिल्ला सदस्य हुन् भने मियाँ नेकपा बिप्लबका मुस्लिम नेता हुन् । नेकपाले हिंसात्मक गतिविधि र एकिकृत जनक्रान्तीको कार्यदिशा छाडेको भन्दै स्याङ्जाका तिनै जनाले पाटी छाडेका हुन् ।
उनिहरुले पछिल्लो समय आफुहरु क्रियाशिल पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लवको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट बाहिरिएको प्रेस विज्ञप्तीमा जनाएको छ ।
पार्टी परित्याग गरेका तिनै जनाले अब स्वतन्त्र रहेर सामाजिक क्षेत्रमा काम गर्ने बिज्ञप्तीमा जनाएका छन् ।
मिँया २०४० सालदेखि कम्युनिष्ट विचार र पार्टीमा सक्रिय हुदै माओबादी फुटे सगै बिप्लब समुहमा आबद्ध रहनु भएको थियो ।
त्यस्तै राना २०४७ सालमा जनमोर्चा मसाल हुँदै विप्लब समुहमा २०७३ सालमा आवद्ध भएको बिज्ञप्तीमा जनाएको छ ।
त्यस्तै सोनाम माओबादी फुटे सगै नेकपा बिप्लबको जिल्ला सदस्यको रुपमा आबाद्ध रहनु भएको थियो । यसअघि जेठ ११ गते नेकपा जिल्ला जनसरकार प्रमुख शोभाकान्त पौडेल राजुले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नु भएको थियो ।
यस्तै भिरकोट १ का नेकपा बिप्लबका जिल्ला नेता डा शेर बहादुर थापाले फागुन ३० गते र अर्जुन चौपारी ३ का सागर काफ्लेले चैत्र २४ गते बिज्ञप्ती निकालेर पार्टी परित्याग गर्नु भएको थियो ।
यहाँ प्रहरीले जिल्ला सचिब गोकुल पराजुली, जिल्ला सदस्य सागर अर्याल, मिशिरा नेपाली सहित ४ जनालाई पक्राउ गरी धरौटी राख्न नसकेपछि जेल चलान गरेको छ ।