श्रावण २४ गते २०७६

भ्रष्टाचार बिरुद्ध नागरिक निगरानी संस्था गठन

अर्जुन काफ्ले÷स्याङ्जा
स्याङ्जा, साउन २३ गते । प्रसाशन कार्यालयमा बिभिन्न संस्था गठन भैरहदाँ स्याङ्जामा भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्था गठन गरिएको छ ।
पुतलिबजार नगरपालिका १ मा एक भेलाले यादबराज शर्माको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा लोकनाथ रेग्मी, सचिबमा एक बहादुर गोदार, सहसचिबमा राजेन्द्र मरासिनी, कोषाध्यक्ष कमला मरासिनी रहनु भएको छ ।
समितिको सदस्यमा लक्ष्मी थापा, नबिन प्रकाश गुरुङ्, प्रकाश अर्याल, भवानी अधिकारी, चुत्र बहादुर महत, कला राना रहनु भएको छ । संस्थाको जिल्ला प्रसासन कार्यालयमा २५४८ दर्ता नम्बर रहेको छ ।
संस्थाले जिल्ला र स्थानिय तहमा भ्रष्टाचार बिरुद्ध जनसमुदायको सक्रिय सहभागितामा बहस, अनियमितताको निगरानी गरी सुशासन कायम गर्न सहयोग गर्ने उदेश्य रहेको अध्यक्ष शर्माले बताउनुभयो ।