श्रावण २६ गते २०७६

आगो लाग्यो अध्यक्षको गाडिमा

तुलसीपुर, २६ साउन । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका को गाडीमा आगजनी भएको छ । गाऊपालिकाकोअध्यक्ष चढ्ने गाडीमा आगजनी भएको हो । । गएराति गाडीमा अज्ञात समुहले आगजनी गरेको हो ।
अगजनी बाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएको छ । गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपाल प्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बंगलाचुली गाउपालिका वडा नं ५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखिएको गाडीमा आगजनी भएको छ। बिप्लव नेतृत्वको नेकपा कार्यकर्ताले आगजनी गरेको हुनसक्ने अनुमान गरिएको छ ।