श्रावण २६ गते २०७६

तिनवटा डोजरमा आगजनी

साउन २५, धादिङ ,धादिङको गजुरी गाउँपालिका वडा ६, दरिङ्गाल खोलामा एक्साभेटरले बनाएको खाडलमा डुबेर दुई जनाको मृत्यु भएपछि स्थानियले आगजनी गरेका छन । खोलामा बालुवा झिक्न बनाएको पोखरीमा डुबेर गजुरी गाउँपालिका वडा,६, ठुलिफाट दरिङ्गाल खोलामा उनीहरूको ज्यान गएको हो।
२२ बर्षीय सुमन तामाङ र १८ बर्षीय भीम तामाङको खोलामा डुबेरे ज्यान गएपछि आक्रोशित स्थानीयले खोलामा रहेको तीनवटा स्काभेटरमा आगजनी गरेका छन् ।
मृतक दुवैको गजुरी गाउँपालिका,७, किराञ्चोकका स्थानीय हुन् ।खोलामा डोजर लगाउन नपाउने भन्दै स्थानीयको आन्दोलनपछि प्रशासनले कडाइ गरे पनि राति अवैध रूपमा एक्साभेटर लगाउने गरिएको थियो। स्थानीयले अरू एक्साभेटरमा पनि तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको छ।