बिदेशी बैकमा पैसा भएको पुष्टी गर्न प्रचण्डको सचिवालयको चुनौती
गण्डकी सन्देश सम्वाददाता
काठमाडौं, २८ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले एक विज्ञप्ति जारी गर्दै आफूहरु विरुद्ध गरिएको प्रचारको खण्डन गरेको छ। मंगलबार प्रमूख स्वकीय सचिव जोखबहादुर महराले एक विज्ञप्ति जारी गर्दै भ्रामक प्रचारको खण्डन गरेका हुन्।
विज्ञप्तिमा महराले अध्यक्ष प्रचण्डका दिवंगत पुत्र प्रकाश दाहालको नाममा दुबईमा २१ अरब सम्पत्ति रहेको भन्ने प्रचारको निन्दा गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ।’
एक साता प्रचण्ड सपरिवार दुबई गएको विषयलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रचण्ड दुबईमा सम्पत्ति व्यवस्थापन गर्न गएको प्रचार गरिएको थियो। पछिल्लो समय पूर्वराजाका समर्थक र नेकपाविरोधी शक्तिहरु प्रचण्डविरुद्ध आक्रमक रुपमा लागिरहेका छन्। राजनीतिक उद्देश्य प्राप्तिका लागि व्यक्तिगत आक्षेप लगाउने राजनीतिक रोग यसपटक प्रचण्डको मामिलामा पनि देखिएको छ।
नेपालमा राजतन्त्रको पूनर्स्थापना हुनै नसक्ने प्रचण्ड भनाइका बीच उनका विरुद्ध भ्रामक प्रचार पनि त्यत्तिकै रुपमा गरिएको छ। प्रचण्डको सचिवालयले प्रकाश दाहालको बैंक खाता र सम्पत्ति प्रमाणित गर्न पनि चुनौति दिएको छ। यस्तो छ विज्ञप्तिको पूर्णपाठ।
२०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन्।‘मान्छे मारेर...
Read More
काठमाडौं, कार्तिक १४ जनकपुरको बट्टेश्वर गाउँपालिका वडा नम्बर ५ बाट एक जना व्यक्ति स्थानीय महिलाले सहकारी बैंकमा जम्मा गरेको ३० लाख रुपैयाँ जम्मा गरेर फरार भएका छन् । बट्टेश्वरको...
Read More
काठमाडौँ–तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ । यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय...
Read More
कार्तिक ३, पोखरा गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडीसहित प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य,...
Read More