पोखरा, साउन २८ ।
पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण कार्य तिब्र छ । जग्गा अधिग्रहणको ३२ बर्ष पछि र्निमाण सुरु भएको बिमानस्थलको र्निमाणको जिम्मा चिनियाँ कम्पनीले लिएको छ । तोकिएको अवधिभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिले काम गरिरहेको अयोजना प्रमुख विनेश मुनकर्मीले बताए । उनका अनुसार विमानस्थलको धावनमार्गको ढलानको सबै काम सकिएको छ । आयोजना प्रमुख मुनकर्मीले साइड सम्याउने काम पनि सकिएको बताए । एप्रोन निर्माण, जहाज पार्किङ गर्ने स्थल निर्माणको काम सकिएको छ । टर्मिनल विल्डिङ, हेंगर विल्डिङ, कार्गो, एटिसीलगायतका अन्य गरी झन्डै दर्जन भवन निर्माण कार्य एकैसाथ चलिरहेको छ । हेंगरको ढलान कार्य सकिएर स्टिल स्टक्चरको कामसमेत सम्पन्न भएको छ ।
११ जुलाई २०१७ मा निर्माण सुरु भएको यस विमानस्थल १० जुलाई २०२१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विमानस्थल निर्माणको काम धमाधम अघि बढ्दै गर्दा केही हवाई सेवाप्रदायक कम्पनीले यस विमानस्थलमा आफ्ना लागि पूर्वाधार अगी बढेका छन । स्थानिय एयरलाईन्सले जहाज ह्याङ्गीग स्थल र्निमाणका लागि जग्गा अपुग भएकोले थप अधिग्रहणको कुरा गरेपनि तत्काल त्यो संभव नभएको बताइएको छ । बुद्ध एयर, हिमालयन एयर र एउटा चिनियाँ विमान उडान कम्पनीले हेंगरलगायतका पूर्वाधार बनाउने चासो राखेको अयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।
विमानस्थलको प्रधानमन्त्री केपी ओलीले १ वैशाख ०७३ मा सिलान्यास गरेका थिए । त्यसअघि उनकै चीन भ्रमणका वेला ८ चैतमा विमानस्थल निर्माण गर्न दुई देशीय ऋण सम्झौता भएको थियो । विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्राधिकरणले लिएको ऋण १३ वर्षमा चुक्ता गर्नुपर्ने सर्त छ ।
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि...
Read More
१. वानडोर सर्भिस जारी छ२. हेलो मेयर (११-१२) सम्म चलिरहेको छ३. यसवर्ष सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरको १७ बुदे निर्देशन जारी भएको छ, ८००० विद्यार्थी थपिएका छन, प्रअ संग कार्यसम्पादन...
Read More
पोखरा : अविरल वर्षाका कारण पोखरा ३१ का पाँच घर जोखिमा परेका छन् । वेगनास बेत्यानी सौर्य सडकखण्डमा रहेको निर्माणाधिन खोलोबसी पुलमा लगाइएको जालीका कारण पानी निकास नहुँदा घरहरु जोखिममा...
Read More
लेखनाथ , प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन...
Read More