श्रावण २८ गते २०७६
राईनासमा सडक सोलार बत्तीमा भयो यस्तो हर्कत ?
राईनास, साउन २८ ।
उज्यालो नगर कार्यक्रम अन्र्तगत देशका बिभिन्न स्थानमा सोलार सडक बत्तीहरु सरकारले अनदान दिने गरेको छ ।
स्थानिय तहहरु, मुल सडकहरुमा सडक सुरक्षाका लागि बिषेश गरि यस्ता लाईट अनुदान दिनेगरिए पनि आपसी भागबण्डा नमिलेपछि राईनास नगरपालिका लमजुङ्गमा भने सबै वडाअध्यक्षहरुको चित्त बुझाउन सडक बत्ती बितरण गरिएको छ । बितरण गरिएको सकड बत्ती वडाअध्यक्षहरुले आफुलाई मन परेको स्थानमा जडान गरेका छन । ३१ वटा सोलार पोलका लागि रकम बिनियोजन गरेर मुल सडकहरुमा जडान गर्नुपर्ने सडकलाईट आफुखुसि जडान गरिएका हुन । जसका कारण ति बत्तीको उपयोगिता शुन्य प्राय बनेको छ । रातमा आबस्यक पर्ने बत्ती एक स्थानमा मात्र बालेर अन्यत्र अन्धकार हुने भएपछि सडक बत्तीको उपयोगिता नभएको हो । एउटा सडकलाई टार्गेट गरेर प्रत्येक २५ मिटरको फरकमा अल्र्टर गरेर जडान गर्नुपर्ने बत्ती आफुलाई मन लागेको स्थानमा जडान गरेपछि आबस्यक लक्ष पुरा मात्र भएन राज्यको सम्पतीको गलत प्रयोग पनि भएको छ ।
उर्जा बिकास कम्पनीले टेन्डर पारेर २६ लाखमा ३१ वटा पोल जडानको जिम्मा लिएको राईनास नगरपालिकाले जानकारी दिएको छ । बिभिन्न अन्य शिर्षकहरुको रकम रकमान्तर गरेर सडकबत्तीमा लगानी गरिएको हो । १० वटा वडा रहेको राईनासमा एउटा वडामा तिनवटा पोल बितरण गरिएको हो । ८ नम्वर वडामा चाही ४ वटा पोल बिभिन्न ४ स्थानमा गाडीएको छ । वडाहरुले लगेको सडक बत्ती पनि फरक फरक स्थानमा गाडिएका छन । मुख्य सडक वा बजार क्षेत्रमा राखिएको भए सडक बत्तीको प्रयोगको प्रभावकारीता हुने एक स्थानियले भने । मुल सडकलाई मध्येनजर गरेर वा बजार क्षेत्र अथव सुरक्षा चुनौतीलाई आधार मानेर जडान गर्ने यो कार्यक्रमको लक्ष हो , तर त्यसो भएन । पाएको अधिकारको गलत प्रयोग गर्दा बिकासमा दिगोपना नहुने सो क्षेत्रका बुद्धीजिवीहरुको गुनासो छ । हामिहरुले त मुख्य सडकलाई आधार मानेर जडान गर्ने सोचका थियौ तर कार्यपालिकाले मानेन , राईनासका कार्यकारी अधिकृत रामचन्द्र अधिकारीले भने ।
बायोग्यासको पैसा सोलार बत्तीमा
अर्को तर्फ नगरपालिकाले रकम रकमान्तरको नाममा अबैधानिक काम गरेको पनि खुलेको छ । सोलार बत्ती जडानका लागि बायोग्यास प्लान्टको रकम रकमान्तर गरिएको छ । बायोग्यास जडानका लागि आएको रकम सोलार बत्तीमा रकमान्तर गर्न शैद्धानितक हिसावले नमिल्ने भएपनि कार्यपालिकाको हबला दिएर यसो गरिएको बताइएको छ । सौर्य उर्जा प्रबिधि जडानको ६ लाख, लघु तथा साना जलबिद्युत कार्यक्रमको १२ लाख र बायोग्यास जडानको १२ लाख ६० हजार लाई सोलार बत्ती जडानमा खर्च गरिएको हो । राईनास ग्रामिण नगरपालिका भएकाले किसानहरुको बाहुल्यता छ । पशुपालन लाई त्यहाँका मानिसहरुले जिवन पद्धती संग जोडेका हुन्छन । बायोग्यास यस्तो क्षेत्रमा बढी प्रभापवकारी हुन्छ । तर सोलार बत्तीमा खर्च गरिएको छ । त्यो पनि प्रभावबिहिन अबस्थामा । स्थानिय तहले सरकार वा राज्यको परिकल्पना अनुसारको काम नगरेपछि दिगो बिकासमा समस्या हुने जानकारहरु बताउछन ।