पोखरा, साउन २८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गुरुङ समुदायको महान पर्व ट्होटेको उपलक्ष्यमा शुभकामाना दिएका छन । उनले एक बिज्ञप्ती प्रकाशित गरी स्वदेश तथा विदेशमा रहनुभएका गुरुङ समुदाय लगायत सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य,आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु – भनेका छन । बिज्ञप्ती मार्फत लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलव्धी भएको उनको भनाई छ । वहुजातीय, वहुभाषिक, वहुधार्मिक,वहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषण भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै वजवुत वनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन् । यस पर्वले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपालीका वीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु । गुरुङ्ग जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
लागूऔषध दूर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका(५ घर भई हाल काठमाडौं...
Read More
बैशाख १५ । राईनास । लमजुङ्गको राईनास नगरपालिका भित्र पछिल्लो समय एक पछि अर्को जनमुखि एक्सन सुरु भएको छ । जनमुखि सासन तथा जनपक्षियका काममा पालिकाले पहल लिएपछि जनस्तरमा...
Read More
नेपालमा पछिल्लो २४ घण्टामा थप २,१०३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बिहिबार देशभरि ९,८०५ जनाको परीक्षण गरीएको...
Read More
बैशाख १० । लमजुङको राईनास नगरपालिकामा रहेका असंगठित मजदुरहरुलाई आफ्नै जिल्ला पठाइएको छ । राईनास नगरपालिकाको पहलमा जिल्ला प्रसासन कार्यालय बाट पास बनाएर यातायातको ब्यबस्था गरि उनिहरुलाई घर पठाइएको...
Read More