श्रावण ३१ गते २०७६
रात्रि बस दुर्घटना , १ मृत्यु,१५ घाईते
साउन ३१ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवरपानी नजिकै रात्री बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। मुत्यु हुनेको सर्लाही रामपुर वोरहवा गाउँपालिका ५ बस्ने ५८ बर्षीय मुकेश शर्मा रहेको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो । शुक्रबार बिहान २. ३० बजे काठमाडौंबाट रौतहटको गौर तर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । दुर्घटनामा घाइते १५ जना मध्ये ८ जना डिस्चार्ज भइसकेको र ४ जनालाई थप उपचारका लागि चितवन लगिएको छ भने ३ जनाको हेटौंडा ११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।