भाद्र २३ गते २०७६
समाजबादका लागि एकजुट हुन नेता गुरुङ्गको आग्रह
राईनास, लमजुङ्ग । भदौ २३ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थाई समिति सदस्य तथा गण्डकी प्रदेश सह– ईन्चार्ज किरण गुरुङ्गले पार्टीले अघि सारेको समाजबादको दिशामा अगाडी बढ्ने आधार तयार पार्ने काम सुरु भैसकेको बताएका छन । लमजुङ्गको राईनास नगरपालिकामा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले संबृद्धिका लागि समाजबाद स्थापना अपरीहार्य भएको जिकिर गरेका छन । दुई बिशाल पार्टीको एकता बाट बनेको नयाँ पार्टीमा सबैखाले बहस हुनु स्वभाविक भएकाले बहसकै माध्यममा निति,सिद्धान्त जन्मने कुरा भएकाले स्वस्थ्य बहस जरुरी हुने उनको भनाई थियो । कार्यकर्ता बिचमा आन्तरीक एकता भैसकेको र पार्टीको पनि एकताका कार्यभार सोचेभन्दा राम्रो र परिणाममुखि भएकाले कसैले दिवासप्ना नदेखे हुने उनको चेतावनी थियो । कार्यक्रममा नेकपाका केन्दीय सदस्य देबेन्द्र पौडेलले अहिलेको अबस्थामा एकता र धुब्रिकरण आबस्यक भएकाले राष्ट्रिय संकल्प सहित धुब्रिकरणका लागि जोड दिनुभयो ।
कार्यक्रममा लमजुङ्ग जिल्ला सचिव तथा सासंद धनन्जय दवाडीले कार्यकर्ता अनुसासित, योग्य, सिपवान हुन जरुरी रहेको बताए । पार्टीको निति, बिधान अनुसार कार्य गर्न उनले सबैलाई आग्रह गरे । प्रशिक्षणमा नगर कमिटि सदस्यहरुको सहभागिता रहेको थियो । नेकपा लमजुङ्गले सबै पालिकाहरुमा आन्तरीक पार्टी प्रशिक्षण सुरु गर्ने, पार्टी सदस्यता सुद्धिण गर्ने कार्य को आरभ्भ गरिसकेको पार्टी जिल्ला अध्यक्ष मधु अधिकारीले जानकारी दिईन । अहिले जिल्ला पार्टीले कार्यबिभाजन सहित प्रशिक्षणमा लागेको उनको भनाई छ । मध्येनेपाल नगरपालिकामा पनि पार्टी प्रशिक्षण सकिएको नेकपाले जनाएको छ । सो अबसरमा करिव २० जना नेपाली कागेस लगायत अन्य पार्टीका कार्यकर्ता नेकपामा प्रबेश गरेका थिए